Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमसिसीमा सहमति जुटेपछि टेबल हुने, यसरी जुट्यो सहमति

हाम्रो कोशी आवाज
फाल्गुन ८ २०७८, आइतबार
एमसिसीमा सहमति जुटेपछि टेबल हुने, यसरी जुट्यो सहमति

धरानः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) आजकै संसद बैठकमा टेबल हुने भएको छ । सत्तारूढ दलबीचको लामो किचलोपछि अन्ततः आज १ बजे बस्ने बैठकमा एमसिसी टेबल गर्न सत्ता गठबन्धन दलबीच सहमति भएको हो ।
सत्ता गठबन्धन दलको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आजैको बैठकमा एमसिसी टेबल भएर छलफलपछि निष्कर्षमा पुगिने जानकारी दिएका छन् ।
‘सत्तारूढ दलबीच एमसिसी संसदमा टेबल गर्न सहमति जुटेको छ । एमसिसी अब सार्वभौमक संसदक टेबल हुन्छ’ कार्कीले भने, ‘जसका जे प्रश्न छन् अब सावैभौमक संसदमामा सांसदले छलफल गर्नुहुनेछ । अब सडकम होइन एमसिसीबारे सदनमा छलफल भएर एउटा निष्कर्षमा हामी पुग्छौं ।’
मुख्य गरी एमसिसीको विवादले सत्ता गठबन्धनको समीकरणमा नै असर पार्ने भएपछि अहिलेकै सत्ता गठबन्धन दलहरू कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाबीच एमसिसी संसदमा टेबल गर्ने र छलफलसहित अगाडि बढ्ने सहमति जुटेको हो ।
यस अघिदेखि कांग्रेस एमसिसी नेपालको हितमा रहेको भन्दै पारित गरेर जानुपर्ने अडानमा रहँदै आएको छ । माओवादी र नेकपा एसले संसोधनसहित पारित गर्न सकिने बताउँदै आएका थिए । जबर्जस्ती संसदमा टेबल भए विपक्षमा भोट हाल्नेसम्मको चेतावनी माओवादी र नेकपा एसले दिएका थिए ।
तर सत्ता सहयोगी दलबाट साथ नपाए प्रतिपक्षी एमालेलाई मनाएर भए पनि पास गर्ने गरी प्रधानमन्त्री शेबरहादुर देउवाले संवाद अघि बढाएका थिए । यस्तो परिस्थितिले सत्ता गठबन्धनमा समस्या आउने भए पछि तत्कालको गाँठो फुकाउने प्रयासस्वरुप संसदमा टेबल गर्ने र त्यही छलफल गर्नमा सत्तारू दलबीच सहमति जुटेको हो ।
यस अघि सत्ता गठबन्धन दलबीच पटकपटक एमसिसीका विषयमा छलफल चलेको थियो । तर निर्णायक वार्ता हुन सकेको थिएन । तर प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागी बैठकले सहमजित जुटाएको हो ।
अब एमसिसीको विषय सडकबाट सदनमा प्रवेश गर्ने भएको छ । लामो समयदेखि संसद बैठक प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ । यस्तोमा एमसिसी अब कसरी अगाडि बढ्छ भन्नेमा झन् पेचिलो अवस्था बनेको छ ।
गत शुक्रबार नै सरकरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार एमसिसीको विषयलाई सत्तारूढ दलले निष्कर्षमा पुर्याउने दाबी गरेका थिए ।

प्रकाशित मिति: फाल्गुन ८ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend