Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अबको ८ वर्षमा एचआईभी सङ्क्रमितको सङ्ख्या शून्यमा झार्ने तयारी

हाम्रो कोशी आवाज
फाल्गुन ९ २०७८, सोमबार
अबको ८ वर्षमा एचआईभी सङ्क्रमितको सङ्ख्या शून्यमा झार्ने तयारी

धरानः सरकारले सन् २०३० सम्म मुलुकबाट एचआईभी सङ्क्रमितको सङ्ख्या शून्यमा झार्नका लागि ‘पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना’ सार्वजनिक गरेको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले एचआईभी निर्मुल पार्ने लक्ष्यसहित राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ सार्वजनिक गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको ८ वर्षमा नेपालबाट एचआईभी सङ्क्रमितको सङ्ख्यामा शून्यमा झार्ने उदेश्यका साथ काम गर्ने र त्यसलाई सहज बनाउनका लागि योजना सार्वजनिक गरेको बताएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार नेपालमा ७६ प्रतिशत एचआईभी असुरक्षित यौन सम्पर्क र सुईद्वारा लागुपदार्थ प्रयोगकर्ताको माध्यमबाट सर्ने गरेको छ । नेपालमा एचआइभीको उच्च जोखिममा सुईद्वारा लागु पदार्थ प्रयोग गर्ने, यौनकर्मी र पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गीहरू रहेका छन् । वैदशिक रोजगारीमा गएका र जेलमा रहेका कैदी एचआईभीको जोखिममा रहेको केन्द्रले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी लोकराज पाण्डेले सरकारले सार्वजनिक गरेको पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजनामा एचआईभीसँग सम्बन्धित सम्पूर्ण सेवाहरू समावेशी, समतामूलक तथा पहुँचयोग्य बनाई सो को निरन्तरता कायम गर्ने रहेको बताए । उनले नयाँ एचआईभी सङ्क्रमण रोकथाम गर्ने, एचआईभी सङ्क्रमित व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी परिणामहरूमा सुधार ल्याउने, एचआईभी सङ्क्रमित तथा मुख्य समूहहरूमा एचआईभीसँग सम्बन्धित विद्यमान असमानताहरूमा कमी ल्याउने लक्ष्यहरू रहेको पनि प्रष्ट पारे ।
यस्तै सन् २०२६ सम्म कुल अनुमानित एचआईभी सङ्क्रमितध्ये ९५% को पहिचान गर्ने, एचआईभी सङ्क्रमण पुष्टि भएका मध्ये ९५% व्यक्तिको उपचार गर्ने, उपचारमा रहेका एचआईभी सङ्क्रमितमध्ये ९५% को भाइरल लोड सुपरसेसन गर्ने, नयाँ एचआईभी सङ्क्रमणदर लाई ९०% ले कम गर्ने, आमाबाट बच्चामा हुने एचआईभीको सङ्क्रमणलाई निवारण गर्ने, कङ्गनीसियल सिफ्लिसको दर प्रतिलाख जीवित जन्ममा ५० वा सोभन्दा कम गर्ने लक्ष्य रहेको पनि उनले बताए ।

प्रकाशित मिति: फाल्गुन ९ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend