Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्थानीय चुनावमा लड्न १० दलले दिए निवेदन

हाम्रो कोशी आवाज
फाल्गुन ९ २०७८, सोमबार
स्थानीय चुनावमा लड्न १० दलले दिए निवेदन

धरानः स्थानीय तह निर्वाचनमा भाग लिनका लागि हालसम्म १० राजनीतिक दलहरुले निवेदन दर्ता गरेका छन् ।
निर्वाचन आयोगले सोमबार प्रकाशित गरेको विज्ञप्ति अनुसार, जनमत पार्टी, मंगोल नेशनल अर्गानाईजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशिल पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टीले निवेदन दिएका हुन् ।
आयोगले ‘कट अफ डेट’ र मतदाता नामवाली अद्यावधिकको विषय राजपत्रमा प्रकाशन गर्ने प्रयोजनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सूचना सम्पादनका लागि मिति फागुन ८ गते पठाएको छ । प्रतिस्पर्धात्मक तवरले निर्वाचन सामग्रीको खरिद गर्न २३ प्रकारका निर्वाचन सामग्रीको खरिदका लागि फागुन ८ मा बोलपत्रसम्बन्धी सूचना प्रकाशन गरिएको पनि आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति: फाल्गुन ९ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend