छानिएका सिपाहीलाई बुधबार पोखरास्थित ब्रिटिस क्याम्पमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटको उपस्थितिमा ब्रिगेड अफ गोर्खाजका लेफ्टिनेन्ट जनरल रिचार्ड वार्डलले कसम परेड गराएका छन् ।
परेडमा ब्रिगेडियर द आरटी माननीय लर्ड ल्यान्कास्टर टीडी वीआर (डेपुटी कर्नल कमाण्डेन्ट ब्रिगेड अफ गोर्खा), कर्नल पल स्मिथ (कमाण्डर बीजीएन), र कर्नल डेभिड रोबिन्सन (गोर्खाहरूको कर्णेल ब्रिगेड) उपस्थित थिए ।

यसै गरी ब्रिगेडियर द आरटी माननीय लार्ड ल्यान्कास्टर टीडी वीआर (डेपुटी कर्नल कमाण्डेन्ट ब्रिगेड अफ गोरखा) , कर्नल पल स्मिथ (कमाण्डर बीजीएन), र कर्नल डेभिड रोबिन्सन (गोरखा कर्नल ब्रिगेड) पनि सहभागी भए ।
कोरोना महामारीका कारण गत वर्षदेखि क्षेत्रीय र अन्तिम छनोट पोखरामा हुँदै आएको छ । यसअघि धरानमा पनि छनौट हुने गरेको थियो । सन् १८१५ देखि ब्रिटिस आर्मीमा नेपाली युवा भर्ती गर्न थालिएको हो ।
यसअघि ‘इन्टेक–२०२०’ मा ब्रिटिस आर्मीमा ४ सय ३२ र सिंगापुरमा २ सय २० युवा भर्ती लिइएको थियो । कोरोना महामारीका कारण ‘इन्टेक–२०२१’ मा अघिल्लो वर्ष अन्तिम छनोटबाट बाहिरिएकालाई मात्र भिड्ने अवसर दिइएको थियो । जसमा ब्रिटिसमा ३ सय ४० र सिंगापुरमा १ सय ३४ जना भर्ती भएका थिए ।

