धरान: नायक तथा मोडल पल शाहले आजै आफै (आइतबार) प्रहरी नेपाल प्रहरी सामू उपस्थित हुने बताएका छन् ।
आजै सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले उक्त कुरा जानकारी गराएका छन् । उनले आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको र फिल्म ‘म यस्तो गित गाउछु २’ गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनेर प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी समेत मागेका छन् ।
केही दिन अगाडि गायिका समिक्षा अधिकारीले नायक शाह विरूद्ध जबरजस्ती करणाी मुद्भा दायर गरेपछि प्रहरीले उनलाई खोजिरहेका थिए । केही दिन अगाडि नै नायक शाहको र गायिका अधिकारीको अडियो रेकर्ड पनि सार्वजनिक भएको थियो । उक्त रेकर्डमा गायिका अधिकारीलालाई नायक शाहले जबरजस्ती गर्न खोजेको, विवाह गर्न नचाहेको कुरा सुन्न सकिन्छ ।
तर अडियो रेकर्डमा भएका कुराहरू वास्तविक नभएकाे पलले दाबी गर्दै आएका छन् । उनले आफूलाई आफ्ने व्यवसायी साथीहरूले फसाएको भन्दै सामाजिक सञ्जालमार्फत नाम पनि सार्वजनिक गरेका थिए ।