Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाले बढायो २५.६ प्रतिशतले डिप्रेसनका बिरामी

हाम्रो कोशी आवाज
फाल्गुन १९ २०७८, बिहिबार
कोरोनाले बढायो २५.६ प्रतिशतले डिप्रेसनका बिरामी

धरानः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापीरुपमा चिन्ता र डिप्रेसनका घटना बृद्धि भएको जनाएको छ। डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले वृद्धि भएको संगठनले जनाएको हो ।
कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता घटना विश्वव्यापीरुपमा बृद्धि भएको डब्लूएचओको भनाइ छ। साथै, सन् २०२० मा प्रमुख डिप्रेसिभ डिसअर्डरका केसहरुमा २७ दशमलब ६ प्रतिशतले बृद्धि भएको थियो।
डब्लूएचओका स्वास्थ्य तथा पदार्थ प्रयोग विभागका ब्रान्डन ग्रे ले भनेका छन्, ‘आकारका हिसाबले यो निकै ठूलो बृद्धि हो।’ मानिसको मानसिक स्वास्थ्य र खुसीले कोभिडको १९ को ठूलो प्रभाव रहेको ब्रिफिङले देखाएको उनले बताए।
उच्च दैनिक संक्रमण दरको सन्दर्भमा कोभिडले ठूलो असर गरेको स्थानमा बृहत बृद्धि देखिएको थियो। पुरुषभन्दा महिला र किशोरीहरु कोभिडबाट प्रभावित भएका थिए।
महामारीको समयमा महिलाहरु सबैभन्दा बढी प्रभावित भएको अक्टोबरको सुरुमा सार्वजनिक भएको एउटा प्रतिवेदनमा दर्शाइएको थियो। कोभिड महामारीको प्रारम्भिक वर्षमा मात्र डिप्रेसन र चिन्ताका बिरामीहरुको संख्या एक चौंथाइले बढेको ल्यान्सेटको एउटा अध्ययनले देखाएको छ। एजेन्सी

प्रकाशित मिति: फाल्गुन १९ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend