Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘सम्पादकीय लेख्न छाड्दा स्थानीय पत्रिकाको स्तर खस्कियो’

हाम्रो कोशी आवाज
फाल्गुन २२ २०७८, आइतबार
‘सम्पादकीय लेख्न छाड्दा स्थानीय पत्रिकाको स्तर खस्कियो’

धरानः प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले स्थानीय पत्रिकामा सम्पादकीय लेख्न छाड्दा स्तर खस्किएको गुनासो गरेका छन् ।
‘अचेल कपीपेस्ट पत्रकारिता चलेको छ, कुनै पत्रिकामा पनि सम्पादकीय आउँदैन,’ नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार महेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमा उनले भने, ‘सम्पादकीय लेख्नै छाडिएको छ, यसले पत्रिकाको स्तर राम्रो बनाउँदैन ।’
सम्पादकीय नलेखिने पत्रिका हुन् कि होइन भनेर काउन्सिलमा बहससमेत हुने गरेको उनले सुनाए । उनले सम्पादकीयलाई स्थान दिएर पत्रिका छाप्न उनले जोड दिए । सम्पादकीय, लेख, रचना र स्थानीय विषयवस्तुलाई नै वर्गीकरणको आधार मानिने गरी छलफल अघि बढाइएको जानकारी पनि उनले उक्त अवसरमा दिए ।

प्रकाशित मिति: फाल्गुन २२ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend