Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब एक्लै चुनाव लड्दा कांग्रेसलाई घाटा कि नाफा ?

हाम्रो कोशी आवाज
फाल्गुन २३ २०७८, सोमबार
अब एक्लै चुनाव लड्दा कांग्रेसलाई घाटा कि नाफा ?

धरानः राजनीतिक विश्लेषक पुरन्जन आचार्यले सत्ता गठबन्धन चुनावसम्मै जाँदा कांग्रेसलाई घाटा हुने बताएका छन्। तत्काललाई हेर्दा एक दुई सिट फाइदा पुग्नेजस्तो देखिए पनि कम्युनिष्ट दल एकजुट भए भने कांग्रेस खुम्चिन सक्ने उनको बुझाई छ । केन्द्रमा कांग्रेस चुनावमा एक्लै लड्नु राम्रो हुने उनले बताए ।
स्थानीय तहमा आधार निर्माण गरी आवश्यकता अनुसार तालमेल गर्न मिल्ने तर केन्द्रमा कांग्रेस एक्लै चुनावमा होमिदा फाइदा हुने आचार्यले तर्क गरे । केन्द्रमा चुनावी तालमेल गर्नु भनेको संघीयता र पार्टीको खिलापमा हुनु पनि आचार्यको भनाइ छ ।
सत्ता गठबन्धनलाई आगामी तीनै तहको चुनावसम्मै निरन्तरता दिने या चुनावमा एक्लै भिड्ने भन्नेमा नेपाली कांग्रेसभित्र भिन्न मत देखिएका छन् । पार्टीले आधिकारिक धारणा सार्वजनिक नगरे पनि पार्टी पदाधिकारीहरुले यसबारे बोलिरहेका छन् । उपसभापति, महामन्त्रीलगायत पार्टीका प्रभावशाली नेताहरुले चुनावमा एक्लै भिड्नु पर्ने बताउँदै आएका छन् ।
पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनावमा एक्लै लड्नुपर्ने बताएका छन् । यस्तै पार्टीका प्रभावशाली नेता शेखर कोइराला पनि एक्लै चुनाव लड्ने पक्षमा उभिएका छन् ।
सत्ता गठबन्धन जोगाउन बनेको राजनीतिक संयन्त्रका संयोजक तथा कांग्रेस नेता रामचन्द्र पौडेलले भने सत्ता गठबन्धन चुनावसम्मै लम्बिने बताएका छन् ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि सत्ता गठबन्धनलाई बलियो भएको ठानिएको भएपनि कांग्रेस नेताहरुको फरक फरक अभिव्यक्तिले गठबन्धनको भविष्यमाथि प्रश्न उव्जिएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी आवद्ध सत्ता गठबन्धन चुनावसम्म संगै जाने वा एक्ला एक्लै चुनाव लड्ने भन्ने निर्णय भइसकेको छैन । गठबन्धनले पहिला सवै दलले आ–आफ्नो पार्टीमा निर्णय गरेर मात्रै गठबन्धनमा छलफल गरेर निर्णय गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: फाल्गुन २३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend