धरानः कांग्रेसले स्थानीय तहको चुनावकेन्द्रित अभियानको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान २९ फागुनदेखि २९ चैतसम्म हुनेछ । स्थानीय तहमा पार्टीलाई जिताउने, अघिल्लो केपी ओली नेतृत्वको सरकारको गलत कामको भण्डाफोर गर्ने, कांग्रेस नेतृत्वको सरकारको राम्रा कामको प्रचार गर्ने, एमसिसीबारे बुझाउनेसहितका काममा केन्द्रीय प्रतिनिधिले सहजीकरण गर्नेछन् ।
