Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना महामारी अन्त्य भएको घोषणा गर्ने तयारीमा डब्लुएचओ

हाम्रो कोशी आवाज
फाल्गुन २८ २०७८, शनिबार
कोरोना महामारी अन्त्य भएको घोषणा गर्ने तयारीमा डब्लुएचओ

धरानः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारी अन्त्यको घोषणा गर्ने विषयमा छलफल गर्न थालेको छ ।
डब्लुएचओले कोरोना महामारी सुरु भएको दुई वर्ष पूरा भएपनि अझै महामारीका लक्षणहरु कायमै रहेको र मृत्युदर पनि बढिरहेकाले यसको अन्त्यको घोषणा गर्न आवश्यक मापदण्डहरुबारे छलफल गरिरहेको जनाएको छ ।
डब्लुएचओका जनस्वास्थ्य विज्ञहरुले कोरोना संकटको अन्त्य कसरी र कहिले गर्ने भन्ने बारेमा छलफल थालेको जनाएका छन् । पछिल्लो समय हङकङलगायतका मुलुकमा नयाँ केस देखा पर्न थालेपछि डब्लुएचोको योजनामा चुनौती थपिएको अधिकारीहरुले जनाएका छन् ।
महामारी अन्त्यको घोषणा गरेपनि स्वास्थ्यका मापदण्डहरु भने सधैं पालना गर्नुपर्नेबारे भने अधिकारीहरु सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। कोरोना महामारी अन्त्यको घोषणा गरेपनि अझै वार्षिक हजारौं सर्वसाधारणको मृत्यु हुने सम्भावना रहेको डब्लुएचओको दावी छ। कोरोना भाइरस कायमै रहेका बेला यसका अन्य स्वरुपहरु पनि देखा पर्न सक्ने स्वास्थ्य विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।
पछिल्लो समय कोरोना संक्रमणको दर ओरालो लाग्दै गएपछि अधिकांश मुलुकले डब्लुएचओको निर्देशन नआएपनि विभिन्न प्रतिबन्धहरु फुकुवा गरेर दैनिकी सहज बनाउँदै आएका छन् । -एजेन्सी

प्रकाशित मिति: फाल्गुन २८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend