Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपाल खुसी हुने मुलुकको सूचीमा अगाडि

हाम्रो कोशी आवाज
चैत्र ६ २०७८, आइतबार
नेपाल खुसी हुने मुलुकको सूचीमा अगाडि

धरानः नेपाल खुसी हुने मुलुकको सूचीमा दक्षिण एसियामै अगाडि देखिएको छ । ‘वल्र्ड ह्यापिनेस रिपोर्ट –२०२२’ मा नेपाल दक्षिण एसियाका अन्य मुलुकभन्दा अघि देखिएको हो ।
विश्वका १४६ मुलुकमा गरिएको सर्वेक्षणमा नेपाल ८४ औं स्थानमा छ । नेपालपछि बुल्गेरिया र माल्दिभ्स छन् । सूचीमा बङ्गलादेश ९९ र पाकिस्तान १०३ औं नम्बरमा छन् । श्रीलङ्का १२६औं स्थानमा छ भने भारत १३६ औं स्थानमा छ । भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन ।
फिनल्यान्ड फेरि एकपटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो ।
सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौँ र छैटौं स्थानमा छन् । स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौं, आठौं र नवौं स्थानमा छन् भने र न्युजिल्यान्ड दशौँ स्थानमा छ । सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ ।

प्रकाशित मिति: चैत्र ६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend