Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जनजाति महासंघको अध्यक्षमा ग्याल्जेन शेर्पा आए

हाम्रो कोशी आवाज
चैत्र ११ २०७८, शुक्रबार
जनजाति महासंघको अध्यक्षमा ग्याल्जेन शेर्पा आए

धरानः नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा ग्याल्जेन लामा शेर्पा र महासचिवमा दिवस राई निर्वाचित भएका छन्।
नेपाली कांग्रेस र एमालेबीच भएको गठबन्धबाट शेर्पा अध्यक्ष बनेका थिए । उनले माओवादी केन्द्र र जनता समाजवादीबाट उम्मेदवार बनेका सोनाम लामालाई पराजित गरेका हुन् । शेर्पाले ४४ मत ल्याउँदा लामाले ८ मत मात्रै पाए।
त्यस्तै, महासचिवमा पनि कांग्रेस-एमालेकै गठबन्धनबाट दिवस राई निर्वाचित भएका छन् । उनले ३६ मत ल्याएर माओवादी–जसपाका उम्मेदवार सुकविर थामीलाई पराजित गरेका हुन् । थामीले १५ मत मात्रै ल्याए।
नवलपरासीमा भएको १० औं महाधिवेशनमा एमाले र कांग्रेसबीच गठबन्धन हुँदा अध्यक्ष कांग्रेस र अन्य बहुमत पदाधिकारी एमालेले लिने सहमति भएको थियो ।
अन्य सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा वुद्ध घर्ती निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ७ जना उपाध्यक्षमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भीरसिंह गुरुङ भोटे, लाक्पा शेर्पा, लहरु जिमी र श्रुति कुमाल रहेका छन् ।
एक उपहासचिवमा रामकृष्ण लामा निर्विरोध निर्वाचित भएका छन् । सचिवहरुमा मंगलराम दराई, गोविन्द लामा, मोहन राजवंशी, विकास सुरेल, ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल र भ्रदकुमारी बरामु निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा विमल सारु र सहकोषाध्यक्षमा रिदार नोसाङ भोटे निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित मिति: चैत्र ११ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend