धरानः बालिका बलात्कारको अभियोग लागेका अभिनेता पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने भएका छन् ।
तनहुँ अदालतले बिहीवार पललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो । पलका वकिलहरूले आइतवार उच्च अदालत पोखरामा पुनरावेदन गर्ने तयारी गरेका छन् ।
पललाई धरौटीमा छाडेर अनुसन्धान गर्नुपर्ने माग गर्दै पलका वकिलहरू उच्च अदालत जाने तयारी गरिरहेका हुन् । पीडितको बयान बाझिएको विषयलाई आधार बनाएर पुनरावेदन गर्ने पलका वकिलहरूको भनाइ छ ।
केही दिनभित्रै उच्च अदालत पोखरामा निवेदन दिने पल शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए । पल शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग उनीहरुले उच्च अदालतमा गर्ने भएका छन् ।
यसअघि बहसका क्रममा पनि उनीहरुले पीडितको उमेर, पीडितको जाहेरी र शारीरिक परीक्षण गर्दाका कुरा बाझिएको, घटनापछि पनि उनीहरु लामो समयसँगै रहनु जस्ता विषयले बलात्कार नभएको पुष्टि गर्ने जिकिर गरेका थिए ।
जिल्ला अदालतले बिहीबार पललाई पुर्पक्षका लागि थुनामा पठाउने र अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो । सो आदेशमा पल शाह पक्ष सन्तुष्ट छैन । अधिवक्ता वाग्लेका अनुसार कृष्ण जोशीको हकमा अदालतको आदेश स्वीकार्दै पुर्पक्ष प्रक्रिया अगाडि बढ्ने छ भने पलको मुद्दामा पुनरावेदन गरिनेछ ।
‘ती बालिकाले अस्पतालमा भन्दा स्खलन पर्दामा गराएको भनेकी थिइन् तर, प्रहरीमा बयान दिँदा योनीमा नै गराएको बताएकी छन् । यसमा विरोधाभास छ ।’ असमतिमध्येको बुँदामा भनिएको छ, ‘गायिका सुतेको कोठामा भित्रबाट चुकुल लगाएको भनेर भनिएको छ । त्यसो हो भने मध्यराति किन खोलिन् त ढोका ? यसको स्पष्ट जवाफ छैन ।’