Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्थानीय तह निर्वाचन नजिकियो, दलहरुको पनि सक्रियता

हाम्रो कोशी आवाज
चैत्र १२ २०७८, शनिबार
स्थानीय तह निर्वाचन नजिकियो, दलहरुको पनि सक्रियता

धरानः स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा देशभर राजनीतिक दलहरुको सक्रियता बढेको छ ।
प्रमुख दलका शीर्ष नेताहरु नै चुनाव केन्द्रीत कार्यक्रममा सहभागी हुन थालेका छन् । त्यसैगरी केन्द्रका नेताहरु पनि टोलटोलमा भेला तथा बैठक गर्न थालेका छन् । स्वतन्त्र उम्मेदवार बन्ने चाहना राख्नेहरु पनि मतदाताको भावना बुझ्दै छन् । यसले सहर बजारदेखि गाउँ टोलसम्मै निर्वाचनको चुनावको माहोल बन्दै गएको छ ।
कोरोना महामारीका कारण लामो समयसम्म राजनीतिक गतिविधि ठप्प बनेका थिए । तर, अहिले कोरोना संक्रमण कम भएसँगै स्थानीय तहको निर्वाचन घोषणा भएपछि गाउँगाउँमा राजनीतिक सरगर्मी बढेको छ ।
प्रदेश राजधानीदेखि नगर गाउँ र टोलसम्मै दलका भेला, बैठक र आमसभा हुन थालेका छन् । सत्तारुढ कांग्रेसले अहिले प्रत्येक जिल्लामा केन्द्रबाटै प्रतिनिधि खटाएर प्रचार अभियान तीव्र पारेको छ ।
यस्तै, प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि यसअघिको निर्वाचनमा जस्तै स्थानीय तहहरुमा बहुमत ल्याउने भन्दै देशव्यापी कार्यक्रमहरु गर्दै आएको छ । यस्तै, सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र संघीय समाजवादी दलहरु पनि चुनाव केन्द्रीत कार्यक्रममा लागेका छन् ।

प्रकाशित मिति: चैत्र १२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend