Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फ्रिजको पानीले गर्छ हानी

हाम्रो कोशी आवाज
चैत्र १३ २०७८, आइतबार
फ्रिजको पानीले गर्छ हानी

गर्मीको महिना लागेपछि हामीमध्ये अधिकांशले फ्रिजको पानी सेवन गर्ने गरेका छौं । गर्मीमा शितलता प्रदान गर्ने भएकाले धेरैले फ्रिजको पानी पिउने गरेका छन् तर फ्रिजको चिसो पानीले शितलता त दिन्छ नै साथै अनेकांै स्वास्थ्य समस्याहरू पनि दिएर जाने गर्दछ । यसर्थ चिसो पानी पिउनुपूर्व यसले गर्ने निम्न लिखित हानीहरूको विषयमा पनि जान्न आवश्यक छ ।
के के छन् हानी ?
पाचन समस्याः
चिसो पानीको सेवनले तपाईको पाचन क्रियालाई प्रभावित गर्न सक्दछ । चिसो पानीको सेवन गर्दा चिसोको कारणले पेटका रक्तनलीहरू संकुचित हुने र पाचनको लागि आवश्यक पाचन रसको उत्सर्जन गर्न र पाचन पश्चात् उत्पादित पोषक तत्वहरूको अवशोषण पनि राम्ररी हुन सक्दैन ।
फलतः पाचनक्रिया नराम्ररी प्रभावित हुने गर्दछ । यसैगरी पाचन इन्जाइमहरूको उत्कृष्ट कार्यका लागि आवश्यक पर्ने उपयुक्त तापक्रम पनि चिसो पानीको सेवनपश्चात् घट्ने हुँदा इन्जाइमहरू निश्क्रिय भई पाचन प्रभावित हुने गर्दछ ।
यसै चिसो पानीको सेवनपश्चात् घटेको तापक्रमलाई सन्तुलित गर्नका लागि शरीरले अतिरिक्त उर्जा खर्च गनुपर्ने हुन्छ जसको कारणले पनि पाचन प्रभावित हुने गर्दछ । यी सबै कुराहरू हुँदा अपच, अजीर्ण, कब्जियत, आउँ र पायल्स जस्ता समस्याहरू देखा पर्दछन् ।
हृदय गति कम हुने
चिसो पानीको सेवनपश्चात् चिसोका कारण पेटको स्नायु आपूर्ति गर्ने भेगस नर्भ उत्तेजित हुन पुग्दछ । भेगस नाडी उत्तेजित हुँदा हृदय गति कम हुने र हृदयको कार्यक्षमता पनि घट्दछ ।
शक लाग्न सक्छ
कडा परिश्रमपश्चात् चिसो पानीको सेवन गर्दा हामीलाई सर्कुलेटरी शक लाग्न सक्छ । यसर्थ कडा परिश्रम तुरून्तपश्चात् पानी पिउन र त्यसमा पनि चिसो पानी पिउन सर्वथा वर्जित गरिएको छ । कडा श्रमपश्चात् चिसो पानी पिउँदा शरीरले परिश्रम कम क्रममा उत्पादन गरिरहेको उष्मालाई चिसो पानीले तत्काल रोकिदिने हुँदा शक लाग्न सक्दछ । यसैगरी श्रमका बेलामा पिइएको पानीलाई शरीरले तत्काल अवशोषण पनि गर्न सक्दैन फलतः पेट दुख्ने पखाला लाग्ने र शकको अवस्था समेत आउन सक्दछ ।
तौल बढाउने
चिसो पानीको सेवनले शरीरको मेटाबोलिजमलाई पनि प्रभावित बनाउने गर्दछ । फलतः बोसो पग्लिने क्रिया प्रभावित हुन जाँदा तौल बढ्ने र भुँडी लाग्ने जस्ता समस्या देखापर्ने गर्दछ ।
प्रतिरक्षा प्रणालीलाई कमजोर पार्छ
चिसो पानीको सेवनले हाम्रो प्रतिरक्षा प्रणालीलाई समेत प्रभावित पार्ने हुँदा हामीलाई रूघा लाग्ने, गला बस्ने, खोकीलाग्ने र दम बढ्ने जस्ता समस्याहरू देखापर्ने गर्दछ ।
रोगको लक्षणहरू बढाउने
चिसो पानीको सेवनले एकालेसिया, दम, खोकी, र माइग्रेनजस्ता समस्याको लक्षणहरूलाई बढाउने गर्दछ ।

प्रकाशित मिति: चैत्र १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend