Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्थानीय तहको निर्वाचनः कांग्रेसले वडा तहसम्मै प्रचार संयन्त्र बनाउने

हाम्रो कोशी आवाज
चैत्र १९ २०७८, शनिबार
स्थानीय तहको निर्वाचनः कांग्रेसले वडा तहसम्मै प्रचार संयन्त्र बनाउने

धरानः नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत बनाउन वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ।
पार्टीको केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतको अध्यक्षतामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो। प्रदेश, जिल्ला, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ, नगर र वडा कार्यसमितिमा आवश्यकताअनुसार प्रचार संयन्त्रको गठन गर्र्ने भएको समितिले जनाएको छ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डा महत संयोजकत्वको समितिमा शुक्रबार ६७ जना सदस्य मनोनयन गरेका थिए । समितिको बैठकले तत्कालै केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र (मिडिया सेन्टर) स्थापना गर्ने निर्णय पनि गरेको छ। प्रदेश र स्थानीय तहमासमेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने, स्थानीय तहका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी स्थानीय तहसम्म सम्प्रेषण गर्ने समितिले निर्णय गरेको छ।
समितिले पार्टीको प्रचार प्रसारका लागि आवश्यक प्रचार सामग्री निर्माण गर्ने र रेडियो, एफएम, टिभी, छापा माध्यम, अनलाइन तथा सामाजिक सञ्जाल जस्ता विभिन्न माध्यमबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने जनाएको छ। समितिले उक्त कार्यका लागि पार्टी सम्बद्ध भ्रातृ एवं शुभेच्छुक संस्था, विज्ञ बुद्धिजीवी, सञ्चारकर्मी र अन्य पेशागत संस्था र शुभेच्छुकलाई परिचालन गर्ने तथा प्रचार सामग्री, उत्पादन तथा सञ्चारका लागि आवश्यक उपसमिति गठन गर्ने निर्णय पनि गरेको छ।
समितिले कांग्रेसका सम्पूर्ण जानकारी दिन मिल्ने गरि एक एप बनाउने र त्यसलाई प्रचारप्रसारका लागि उपयोग गर्ने तथा आवश्यकताअनुसार परिस्कृत गर्दै जाने तयारी गरेको छ।
समितिको बैठकले प्रत्येक क्षेत्रीय कार्यसमितिलाई आफूभित्रका पालिकामा प्रचारप्रसार समिति गठन गर्न र त्यस्ता समिति गठन गर्दा नेपाल प्रेस युनियनसँग समन्वय गर्न पनि आग्रह गरेको छ। समितिले पार्टीको घोषणापत्र, प्रचारप्रसार सामग्री र नारा तयार गर्दा कांग्रेसको सरकार र कांग्रेस विजयी भएको स्थानीय तहले देश र जनताको हितमा गरेका काम र आगामी निर्वाचनमा विजयी भएपछि गर्ने भावी कार्यक्रम जनतासम्म पुर्याउने गरी काम गर्न पनि निर्देशन दिएको छ।

प्रकाशित मिति: चैत्र १९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend