Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोलिदेखि सहजरुपमा पेट्रोल पाइने

हाम्रो कोशी आवाज
चैत्र १९ २०७८, शनिबार
भोलिदेखि सहजरुपमा पेट्रोल पाइने

धरानः नेपाल आयल निगम र आन्दोलनरत व्यवसायीबीच चारबुँदे सहमति भएको छ । शनिबार निगमको केन्द्रीय कार्यालयमा निगम व्यवस्थापन र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीबीचको वार्तामा सहमति भएको हो ।
पेट्रोलियमको ढुवानी र बिक्री वितरणमा गरिएको अवरोध हटेको छ । नेपाल आयल निगम र आन्दोलनरत पक्षबीच भएको सहमतिपछि पेट्रोलियमको अवरोध हटेको हो । सहमतिसँगै भोलिदेखि पेट्रोलियमको ढुवानी र बिक्री वितरण निर्बाध रूपमा गरिने भएको छ । निगमका सबै डिपो कार्यालयहरू आइतबार (भोलि) बिहान ८ः०० बजेदेखि नै सञ्चालन गरिनेलगायत निर्णय भएको छ ।
आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू आजैको मितिदेखि स्थगन गर्ने सहमति भएको छ । पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको ढुवानी तथा बिक्री वितरण कार्यलाई यथावत् रूपमा सञ्चालन गर्ने सहमति भएको छ ।

प्रकाशित मिति: चैत्र १९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend