Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कांग्रेस, माओवादी र एसले ल्याए चुनावी नारा, एमालेको छैन

हाम्रो कोशी आवाज
चैत्र २१ २०७८, सोमबार
कांग्रेस, माओवादी र एसले ल्याए चुनावी नारा, एमालेको छैन

धरानः आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै सत्ताघटक दलहरूले चुनावी नारा तय गर्दै गाउँमा प्रवेश गरिसक्दा पनि प्रतिपक्षी नेकपा एमालेले भने चुनावी नारा तय गर्न सकेको छैन ।
देशभर निर्वाचन लक्षित प्रचार भेलामा व्यस्त बनेको एमालेले घोषणापत्रसँगै चुनावी नारा छिट्टै ल्याउने गरि तयारी गरिरहेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी गराए ।
आगामी बैशाख ३० गते हुने स्थानीय चुनावका लागि प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले ‘घर-घर जाऔं, कांग्रेसलाई जिताऔं’ भन्ने मुल नारा बनाएर नेताहरु गाउँमा प्रवेश गर्न थालेका छन् । नेकपा माओवादी केन्द्रले पनि कांग्रेससँग मिल्दोजुल्दो चुनावी नारा बनाएको छ । माओवादीले ‘गाउँ नगर घर–घर जाऔं, माओवादी केन्द्रलाई विजय गराऔ’ नारा अघि सारेको छ ।
यता एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी ले ‘जनतामा जाउ, नेकपा (एकीकृत समाजवादी) लाई जिताऔं’ नारा बनाएको छ ।

प्रकाशित मिति: चैत्र २१ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend