Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फेसबुकलगायत सामाजिक सञ्जालको निगरानी शुरु

हाम्रो कोशी आवाज
चैत्र २८ २०७८, सोमबार
फेसबुकलगायत सामाजिक सञ्जालको निगरानी शुरु

धरानः निर्वाचनमा सामाजिक सञ्जालको सम्भावित दुरूपयोग रोक्न निर्वाचन आयोगले सबै उम्मेदवार, दल, संघ–संस्था र हरेक मतदाताको सामाजिक सञ्जाललाई निगरानी थालेको छ । आयोगले साइबर ब्युरो नै बनाएर निगरानी सुरु गरेको हो ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ । आचारसंहिता लागू भएदेखि अन्तिम मत परिणाम आउँदासम्म कार्यदल सक्रिय रहनेछ ।
निर्वाचन आचारसंहितामा सामाजिक सञ्जाल प्रयोगकर्ताले संवेदनशील भएर चुनावसम्बन्धी विषयवस्तु राख्नुपर्ने व्यवस्था गरेको छ । त्यसविपरीतका स्ट्याट्स, लेख रचनाहरू पोष्ट् गरिए निर्वाचन कसुर ठहरिन्छ । कसुरबमोजिम यस्ता व्यक्तिमाथि कारबाही हुने निर्वाचन आयोगले जनाएको छ ।
कार्यदलले निगरानी गर्ने क्रममा तपाईंबाट सामाजिक सञ्जाल प्रयोगसम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएमा तपाईंको अकान्ट तत्काल बन्द समेत हुनसक्छ ।
कार्यदलले तपाईंको अकाउण्टबाट निर्वाचन प्रचार प्रसारका लागि अधिकतम ‘बुस्ट’ भएको पाएमा पनि कारबाही गर्छ ।
के–के गर्न हुँदैन ?
– आफ्नो सामाजिक सञ्जालबाट मन परेका उम्मेदवारका बारेमा बढाइचढाइ झुटा विवरण दिएर भ्रम राख्ने खालका सामग्री लेख्न हुँदैन ।
– विपरीत उम्मेदवारलाई होच्याउने, घृणा फैलाउनेजस्ता असामाजिक स्ट्याट्स, भिडियोलगायत सामग्री पोष्ट् गर्नु हुँदैन ।
– अरूलाई मानमर्दन गर्ने सामग्री प्रकाशन गर्न हुँदैन ।

प्रकाशित मिति: चैत्र २८ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend