Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पैसा लिएर उम्मेदवार नबनाउन कांग्रेसद्वारा निर्देशन

हाम्रो कोशी आवाज
चैत्र २९ २०७८, मंगलबार
पैसा लिएर उम्मेदवार नबनाउन कांग्रेसद्वारा निर्देशन

धरानः नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेवापत कुनै प्रकारको रकम माग नगर्न नेताहरुको ध्यानाकर्षण गराएको छ ।
स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसका सन्दर्भमा प्रदेश तथा जिल्ला कार्य समितिलाई पत्र मार्फत पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
उम्मेदवार सिफारिस गराइदिएवापत नेता तथा कार्यकर्तासँग अबैध लेनदेन गर्ने प्रवृति बढेकोतर्फ सचेत गराउँदै पौडेलले आइतबार त्यस्तो पत्र पठाएका हुन् ।
ध्यानाकर्षण पत्रमा उनले उम्मेदवारी सिफारिस गर्दा विधान तथा नियमावलीविपरीत कुनै प्रकारको रकम नमाग्न भनेका छन् । पत्रमा विधान तथा नियमावलीको व्यवस्थाबमोजिम पार्टीको क्रियाशिल सदस्य र लाभको पदमा बसेकाहरुबाट बाहेक अन्य कुनै पनि शीर्षकमा कारोबार नगर्न भनिएको छ ।
कांग्रेसभित्र निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवार बन्न नेतालाई पैसा बुझाउनु पर्ने प्रवृती बढेको भन्दै केन्द्रमा गुनासो बढ्दै गएको थियो ।
पैसा भएकाले मात्र कांग्रेसमा उम्मेदवारी दिन पाउँछन् भन्ने भ्रम चिर्न पार्टी केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला तहका नेताहरुलाई त्यस्तो निर्देशन दिएको हो ।

प्रकाशित मिति: चैत्र २९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend