धरानः चर्चित गायिका मेलिना राईले फेसबुकमार्फत सञ्जिव बराइलीसँगको प्रेम सम्बन्ध औपचारिक रुपमा सार्वजनिक गरेकी छन् ।
राईले बराइलीसँगैको तस्वीर फेसबुकमा पोस्ट गर्दै आफू बराइलीसँग प्रेम सम्बन्धमा रहेको सार्वजनिक गरेकी हुन् । राईका प्रेमी चर्चित गिरारिष्ट हुन् । पुर्ख्यौली घर बिर्तामोड भएका सञ्जिव अहिले काठमाडौंमा बस्दै आएका छन् । प्रेममा रहेको यो जोडी छिट्टै बिहे बन्धनमा बाँधिने तरखरमा छ । कम्मरमाथि पटुकी, पल भरमै खुशी, कर्लीकर्ली कपाल, कुटुमा कुटु जस्ता गीत गाएर चर्चित बनेकी गायिका राई स्वयंले सञ्जिवसँगको फोटो राख्दै इन्गेजमेण्ट भएको जानकारी गराएकी हुन् । मेलिना र सञ्जिव एक वर्षदेखि प्रेममा रहेका थिए । मेलिना आधुनिक तथा पाश्र्व गायनमा अन्जु पन्तपछि सर्वाधिक रुचाइएकी गायिका हुन् ।
