Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेरुदण्ड शल्यक्रियासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना

हाम्रो कोशी आवाज
बैशाख ७ २०७९, बुधबार
मेरुदण्ड शल्यक्रियासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना

धरानः मेरुदण्डको शल्यक्रिया सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरेर नेपाली न्यूरो सर्जरी समाजले दुई दिने सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनमा नेपालसहित अमेरिका, जर्मनी, पोर्चुगल, टर्की, क्यानडा, चीन, रसिया, भारत लगायत देशका न्यूरो सर्जनहरु सहभागि थिए । सम्मेलनको पहिलो दिन केएमसीको दुवाकोट अस्पतालमा ‘क्याडेभरिक’ अभ्यास गराइएको छ । नयाँ चिकित्सकहरुलाई दुरविनको माध्यमबाट मेरुदण्डको शल्यक्रिया गर्ने सीप सिकाउँन शवमाथि नै अभ्यास गर्ने गरी प्रयोगात्मक प्रशिक्षण दिइएको हो ।
यस्तो प्रशिक्षण नेपालमै पहिलो पटक गरिएको केएमसीका बरिष्ठ न्यूरो सर्जन प्रा.डा.अमित थापा बताउँछन् । उनका अनुसार इण्डोस्कोपिक विधिबाट मेरुदण्डको अप्रेशन सम्बन्धि प्रशिक्षणमा अहिलेसम्म नेपालमा शवमा अभ्यास गराएर सिकाइएको थिएन । सहभागिहरुलाई केएमसीका बरिष्ठ न्यूरो सर्जन प्रा.डा.थापा र प्रा.डा.माल्कम पेस्टोनजीले सीप सिकाएका छन् ।
प्रयोगात्मक प्रशिक्षणपछि होटल हिमालयमा यो बिषयमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा १ सय १८ चिकित्सक सहभागि थिए । इन्टरनेटका माध्यमबाट पनि १ सय ७५ जना सहभागि भएको आयोजकले जनाएको छ । सम्मेलनका लागि विश्वविद्यालय अनुदान आयोगले पनि सहयोग गरेको थियो । -इमेलमार्फत्

प्रकाशित मिति: बैशाख ७ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend