Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मनोनयनपत्र दर्ता भोलि र पर्सि, १० बजेदेखि ५ सम्म मनोनयन दर्ता गरिसक्नुपर्ने

हाम्रो कोशी आवाज
बैशाख १० २०७९, शनिबार
मनोनयनपत्र दर्ता भोलि र पर्सि, १० बजेदेखि ५ सम्म मनोनयन दर्ता गरिसक्नुपर्ने

धरानः निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि भोलि र पर्सि मनोननयनपत्र दर्ताको समय निर्धारण गरेको छ । यही वैशाख ३० गते हुने निर्वाचनका लागि उमेदवारहरूको मनोनयनपत्र दर्ताको समय निर्धारण गरिएको हो ।
यही वैशाख ११ र १२ गते बिहान १० देखि बेलुका ५ बजेसम्म योग्यता पुगेका व्यक्तिले तोकिएबमोजिमको प्रक्रिया पूरा गरी मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ । दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउन आयोगले आग्रह गरेको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले निर्वाचनको तयारी सम्पन्न गरेको र अब उमेदवारी, मतदान, मतगणना र नतिजा प्रकाशनतर्फ आयोग उन्मुख रहेको बताए ।
उनले उमेदवारी दर्ता गर्ने सन्दर्भमा दुई पार्टीको भेट नहुने गरी मिलाउन भनिएको जानकारी पनि गराए ।

प्रकाशित मिति: बैशाख १० २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend