Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जसरी भएपनि गोजी भर

हाम्रो कोशी आवाज
बैशाख ११ २०७९, आइतबार
जसरी भएपनि गोजी भर

जब मेरो गोजी रित्तियो
श्रीमतीको बोली रूखियो
छोराको बोली झर्कियो
बुहारीको आँखा टेढियो
छोरी–ज्वाइँ हिँड्ने बाटो फेरियो

चिया खाउन बाबु भन्ने
भाउजु ढोका थुन्न थालेकी छिन्
छिमेकी बुहारीले ढोकामा ताल्चा हालेकी छिन्
गोजी रित्तिएपछि छरछिमेकी बोल्न छोडेका छन्
दिदी–भेना, भाञ्जा–भाञ्जीले पनि साइनो तोडेका छन्
हिजो ‘जी’ भन्नेहरु आज ‘एकलखे’ लाउँछन्
हुतिहारा, लफङ्गो फटाहा नामको गीत गाउँछन्

‘खाना खान आइस्यो’ भन्ने स्वास्नी झर्किन्छे
मलाई देख्दा कालो अनुहार पारेर अन्तै फर्किन्छे
मेरो खानाको छेऊमा अचेल पिलेट हुन्नँ
फुलेका दारी चिलाइरहन्छन् काट्ने बिलेड हुन्नँ

छोराले अचेल बाउ भन्दैन
बाउडिएको छ पेट खाउ भन्दैन
कसैले घरमा आउ भन्दैन
सिकिस्त पर्दा अस्पताल जाउ भन्दैन

म गोजी रितिएको मान्छे,
ससुरालीका लागि लठुवा भएँ
कहीँकतै साली, जेठी–सासु कहाँ पुगें भतुवा भएँ

त्यसैले,
स्वास्नीको मायाको लागि गोजी भर,
आफ्नाका लागि कोसेलीले झोलाभर
रक्सी खाउ, चोर ढाँट, लुट, बेश्यावृत्ति गर
तर आफ्नो बन्न जसरी भएपनि गोजी भर

शारदा बालिका नमूना मावि, धरान

प्रकाशित मिति: बैशाख ११ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend