Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यसपटक स्वतन्त्र उमेदवारले दललाई उछिने, धेरैको उम्मेद्वारी

हाम्रो कोशी आवाज
बैशाख १४ २०७९, बुधबार
यसपटक स्वतन्त्र उमेदवारले दललाई उछिने, धेरैको उम्मेद्वारी

धरानः आसन्न स्थानीय तह निर्वाचनका लागि एक लाख ५० हजार ४९४ जनाको उमेदवारी परेको छ ।
निर्वाचन आयोगले मंगलबार राति अध्यावधिक गरेको तथ्यांकानुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुखका लागि तीन हजार ४६६ जनाको उमेदवारी परेको छ । उपप्रमुखका लागि दुई हजार १३६ जनाको उमेदवारी दर्ता भएको छ ।
यस्तै, गाउँपालिकाका अध्यक्षका लागि तीन हजार ३७८ र उपाध्यक्षका लागि दुई हजार ३९२ जनाको उमेदवारी दर्ता भएको छ ।
वडाध्यक्षका लागि ३४ हजार ९४३, महिला वडा सदस्यका लागि २६ हजार ६३ र दलित महिला वडा सदस्यका लागि २३ हजार ४७० जनाको उमेदवारी परेको छ । वडा सदस्यका लागि ५४ हजार ६४६ जनाको उमेदवारी दर्ता भएको आयोगले जानकारी गराएको छ ।
आयोगको तथ्यांकानुसार प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडाध्यक्ष पदका लागि सबैभन्दा बढी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट उमेदवारी परेको छ ।
प्रमुखका लागि एमालेबाट २८८, उपप्रमुखका लागि २८३, अध्यक्षका लागि ४४६ र उपाध्यक्ष पदका लागि ४४५ जनाको उमेदवारी परेको आयोगले जानकारी दिएको छ ।
यस्तै, नेपाली कांग्रेसबाट प्रमुख पदका लागि २६३, अध्यक्षका लागि ३८२ जनाको उमेदवारी परेको छ । उपाध्यक्ष पदका लागि २९१ जनाको उमेदवारी परेको छ ।
स्वतन्त्रबाट प्रमुख पदका लागि एक हजार ३७६ र अध्यक्षका लागि एक हजार २२४ जनाको उमेदवारी परेको आयोगले जनाएको छ । यो राजनीतिक दलगत उमेदवारीभन्दा बढी हो । यी पदमा स्वतन्त्र उमेदवारले दललाई उछिनेका छन् ।

प्रकाशित मिति: बैशाख १४ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend