Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

डिल्ली फोम्बो, शिव परियार, ज्योति मगरदेखि तृष्णा र मिलन नेवारसम्मको अष्ट्रेलियमा धमाका

हाम्रो कोशी आवाज
बैशाख १४ २०७९, बुधबार
डिल्ली फोम्बो, शिव परियार, ज्योति मगरदेखि तृष्णा र मिलन नेवारसम्मको अष्ट्रेलियमा धमाका

धरानः नयाँ वर्ष २०७९ को अवसर पारी सुदूर पश्चिम समाज अस्ट्रेलियाले अष्ट्रलियाको सिड्नीमा आयोजना गरेको चर्चित नेपाली गायक, गायिकाहरु सम्मिलित सांस्कृतिक तथा मनोरञ्जन कार्यक्रम ‘न्यू इयर धमाका २०७९’ भव्यरूपमा सम्पन्न भएको छ ।
स्थानीय मेयर निका कार्टिस प्रमुख अतिथि रहेको कार्यक्रममा चक्र बम, डिल्ली फोम्बो, शिव परियार, ज्योति मगर, तृष्णा गुरुङ र मिलन नेवार लगायतका चर्चित नेपाली गायक– गायिकाहरुले आफ्ना चर्चित गीतहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा उनीहरुका साथै अस्ट्रेलियामा रहेका स्थानीय कलाकारहरु पनि सहभागी जनाएको थिए । कार्यक्रम मिस कस्मोपोलिटन वल्ड २०१९ कि बिजेता तथा चर्चित मोडल, कोरियोग्राफर प्रियारानी लामाले सञ्चालन गरेकी थिइन् । प्रियारानी लामाको कोरियोग्राफीमा स्थानीय मोडलहरुले कल्चरल ड्रेसमा रयाम्पमा क्याटवाक समेत गरेका थिए ।
कार्यक्रममा सुदूरपश्चिमका देउडा भाका, छलिया नाच लगायतका कला प्रस्तुत गरिएका थिए । पूर्वदेखि पश्चिमको कलाकारहरु सम्मिलित कार्यक्रम भब्य र उल्लासमयरुपमा सम्पन्न भएको थियो । सुदुरपश्चिम समाजका अध्यक्ष मोहनदेव भट्टका अनुसार कार्यक्रममा एक हजार भन्दा बढी दर्शकहरुले सहभागी जनाउँदै नयाँ वर्षको शुभकामनासहितको नेपालीहरुको एकताको भावना साटेका थिए ।
माराना अडिटेरियममा आयोजित कार्यक्र्ममा सहभागीलाई सहजीकरणका साथै भरपर्दो सुरक्षा व्यवस्था सहित कार्यक्रम सफल पूर्वक समापन गरिएको वाउ एवेंट्स एण्ड इन्टरटेनमेन्टका म्यानेजिङ डाइरेक्टर राकेश जोशीले बताए ।

 

प्रकाशित मिति: बैशाख १४ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend