Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गायक प्रमोद खरेल चढेको कार दुर्घटनामा

हाम्रो कोशी आवाज
बैशाख १५ २०७९, बिहिबार
गायक प्रमोद खरेल चढेको कार दुर्घटनामा

धरानः गायक प्रमोद खरेल चढेको गाडी दुर्घटनामा परेको छ । नेपालगञ्जबाट दाङको तुलसीपुरमा जाँदै गर्दा गएराति एक बजेतिर गाडी दुर्घटनामा परेको गायक खरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।
दाङकै अस्पतालमा उपचारपछि बिहान काठमाण्डौ आएर स्वास्थ्य जाँच गराएको उनले बताए । शरीरको बाहिरी भागमा चोट लागे पनि भित्री भागमा चोट नलागेको स्वास्थ्य जाँच रिपोर्टबाट थाहा भएको र केही दिन आराम गर्ने उनको भनाइ छ । यस्तै एअर ब्याग र सिट बेल्टको प्रयोग गरेका कारण आफ्नो ज्यान जोगिएको पनि उनले बताएका छन् ।

प्रकाशित मिति: बैशाख १५ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend