Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उम्मेदवारी फिर्ता लिन आज अपरान्ह ५ बजेसम्म समय

हाम्रो कोशी आवाज
बैशाख १६ २०७९, शुक्रबार
उम्मेदवारी फिर्ता लिन आज अपरान्ह ५ बजेसम्म समय

धरानः उम्मेदवारी फिर्ता लिन चाहनेहरूले आज अपरान्ह ५ बजेसम्म फिर्ता लिन सक्ने निर्वाचन आयोगले बताएको छ।
वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेकाहरूले केही कारणले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।
आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी पनि गरेको छ।
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार अपिल जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवारबाहेक पार्टीकै कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएको भए फिर्ता लिन अपिल गरेका छन् ।
उनले निर्वाचन आयोगले दिएको समयभित्रै बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि सत्तागठबन्धनले चुनावी तालमेल गरेको विरोधमा कांग्रेस कार्यकर्ताले चितवनलगायत ठाउँमा बागी उम्मेदवारी दिएका छन् ।
देउवाले गठबन्धन गरिएका स्थानीय तह वा कांग्रेसले एकल उम्मेदवारी दिएका स्थानीय तहमा बागी उम्मेदवारी दिएकालाई फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउनसमेत आग्रह गरेका छन् ।

प्रकाशित मिति: बैशाख १६ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend