Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गठबन्धनले गुम्यो महिला उम्मेदवारी

हाम्रो कोशी आवाज
बैशाख १९ २०७९, सोमबार
गठबन्धनले गुम्यो महिला उम्मेदवारी

धरानः राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक संविधानलेनै सुनिश्चित गरेको छ । संविधानको धारा ४२ को उपधारा १ ले सामाजिक न्यायका रूपमा महिलालाई समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक दिएको छ । तर यो पटकको निर्वाचनमा सत्ता गठबन्धन भन्दै ठुला राजनीतिक दलहरुले यो सिद्धान्तलाई पालना गरेका छैनन् । जसलाई गठबन्धनको आधारमा प्रमुख वा उपप्रमुखमध्ये एउटा मात्रै पदमा उम्मेदवार दिँदा महिला अनिवार्य गर्नु नपर्ने आयोगको निर्णयले झन् सघाएको छ ।
यसअघिको निर्वाचनमा महिलालाई उप पदमा मात्र सिमित गरेको भन्दै यस पटक महिलाले प्रमुख पद पाउनुपर्ने आवाज उठ्यो । तर यस पटक झन् सत्ताका प्रमुख दलहरूले गठबन्धन गर्दा महिलाहरुले पहिले पाएको विरासत पनि खोसे । प्रथम महिला तथा नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाले उपमा चुनाव जितेका महिलालाई प्रमुख बनाउने बहस त जन्माउनुभयो तर त्यो पानीको फोको भएर फुट्यो । महानगर, उपमहानगर र नगरपालीकाको प्रमुखमा ३ हजार पाँच सय १७ उम्मेदवार हुँदा २ सय ६८ जना मात्र महिला छन् । यस्तै उपप्रमुखमा २ हजार १ सय ७५ जना उम्मेदवारी दिँदा १ हजार ५ सय ६८ महिला छन् । यसैगरी गाउँपालीका अध्यक्षमा ३ हजार ३ सय ९२ जनाको उम्मेदवारी पर्दा १ सय ९८ र उपाध्यक्षमा २ हजार ४ सय ७ सय प्रत्यासी रहँदा १ हजार ७ सय ९१ मा महिला खुम्चिएका छन् । स्थानीय तह निर्वाचन ऐनको दफा १७ मा उम्मेदवारी दर्ता गर्ने क्रममा नै राजनीतिक दलले स्थानीय तहको प्रमुख वा उपप्रमुख मध्ये एक महिला रहने सुनिश्चित गर्नुपर्ने व्यवस्था छ । तर दलले एक जना मात्र उम्मेदवारी दिएमा यो उपदफाको प्रावधान लागू नहुने भन्ने सोही ऐनमा व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिनुपर्ने तर अनिवार्य हुन नपर्ने निर्णय गर्यो । आयोगको यो निर्णयले सत्ता गठबन्धनलाई झनै सहज बनाईदियो भने गठबन्धनले यसलाई नै प्रयोग गर्दै धेरै स्थनिय तहमा प्रमुख र उपप्रमुखमा पूरुषलाई माज्ञ उम्मेदवार बनाउँदै महिलालाई पाखा लगाएका छन् । सत्ता गठबन्धाका प्रमसख दल नेपाली कांग्रेसबाट प्रमुखमा १२ र उपप्रमुखमा २ सय ६० जना मात्र महिला उम्मेदावार छन् । यस्तै अध्यक्षमा १९ र उपाअध्यक्षमा २ सय ९३ महिला उम्मेदवार छन् ।
नेकपा माओवादी केन्द्रबाट प्रमुखमा १८, उपप्रमुखमा १ सय ३३, अध्यक्षमा १९ र उपाध्यक्षमा २ सय ३ महिला उम्मेदवार छन् । यस्तै गठबन्धनको अर्को प्रमुख दल क नेकपा एककिृत समाजवादीबाट प्रमुखमा २३, उपप्रमुखमा १ सय ७, अध्यक्षमा १२ र उपाध्यक्ष्मा ५४ जना मात्र महिला उम्मेदवार छन् ।
सत्ता गठबन्धका ५ दलले प्रमुख र उपप्रमुखमा एक एकजना उम्मेदवार भागबन्डा गरेका छन् र उम्मेदवारी दिँदा पुरुषलाई नै धेरै प्राथमिकता दिएका छन् । यसअघिको स्थानीय तह निर्वाचनमा १४ हजार ३ सय ५३ महिला निर्वाचित भएका थिए । तर यो पटक त्यति संख्यामा महिलाको उम्मेदवारी दर्ता हुन सकेन ।
संविधानलेनै गाउँ नगर, प्रदेश र संघीय संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने गरेको व्यवस्था गठबन्धनको नाममा संविधानको रक्षकहरुले नै बलमिच्याइँ गरेका छन् । जसरी पनि चुनाव जित्ने हठमा गठबन्धनले न संविधानको मर्म हे¥यो, न स्थानीय तह निर्वाचन ऐन । गठबन्धनको उम्मेदवारी वास्तवमै महिलामाथि विभेदकारी र संविधानको मर्म बर्खिलाप रहेको आम मानिसको बुझाई छ ।

प्रकाशित मिति: बैशाख १९ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend