Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जहाँ भोलि नै निर्वाचन हुने छैन

हाम्रो कोशी आवाज
बैशाख २९ २०७९, बिहिबार
जहाँ भोलि नै निर्वाचन हुने छैन

धरानः निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको अन्तिम तयरी पुरा गरे पनि केही स्थानमा निर्वाचन नहुने जनाएको छ । आयोगको सूचना अनुसार ९ जिल्लाको विभिन्न स्थानीय तहको निर्वाचन कार्यतालिका संशोधन तथा नयाँ कार्यतालिका सार्वजनिक भएको छ ।
विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका उम्मेदवारहरूको मृत्यु भएपछि निर्वाचन कार्यतालिका संशोधन र नयाँ कार्यतालिका लागु गरेको हो ।
मृत्यु हुने उम्मेदवारहरूमा सुनसरीको हरिपुर गाउँपालिका ६ नम्बर वडाका कांग्रेसका दलित महिला सदस्य उम्मेदवार मडुवादेवी चमार, रौतहटको वृन्दावन नगरपालिका ५ का जसपाका महिला सदस्य उम्मेदवार मीना देवी रहेका छन् ।
त्यस्तै, रुपन्देहीको मर्चवारी गाउँपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिका र सिरहाको सिरहा नगरपालिका रहेको छ । यसैगरी, कपिलवस्तुकै महाराजगंज नगरपालिका र दाङको तुलसीपुर नगरपालिका रहेको छ ।
कपिलवस्तुको महारागंजमा कांग्रेसका उप्रमुखका उम्मेदवार शुभावती कुर्मीको वैशाख २७ मा मृत्यु भएकाले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । त्यस्तै, दाङको तुलसीपुर नगरपालिका वडा नम्बर १७ का एमाले वडाध्यक्षका उम्मेदवार लभरु चौधरीको पनि वैशाख २७ मा मृत्यु भएकाले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । यी दुवै स्थानमा जेठ ३ मा निर्वाचन हुने आयोगले जनाएको छ । अन्यमा सामान्य संशोधन गरी भोलि नै निर्वाचन हुनेछ ।
मृत्यु हुने अन्य उम्मेदवारहरूमा सुनसरीको हरिपुर गाउँपालिका ६ नम्बर वडाका कांग्रेसका दलित महिला सदस्य उम्मेदवार मडुवादेवी चमार, रौतहटको वृन्दावन नगरपालिका ५ का जसपाका महिला सदस्य उम्मेदवार मीना देवी रहेका छन् ।
त्यस्तै, मोरङको केराबारी गाउँपालिका २ का कांग्रेसका सदस्यका उम्मेदवार नविन लिम्बू, कपिलवस्तुको बुद्धभूमि नगरपालिका ८ एमाले वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारी रहेका छन् ।
त्यस्तै, रुपन्देहीको मर्चवारी गाउँपालिका ३ का एमाले दलित महिला सदस्य उम्मेदवार कुसुमी पासिन रहेका छन । त्यस्तै, कपिलबस्तुको कपिलवस्तु नगरपालिका १० का माओवादी केन्द्रका वडा सदस्य उम्मेदवार राजेन्द्र चौधरी थारु र सिरहाको सिरहा नगरपालिका ५ वडाका एमाले वडा सदस्यका उम्मेदवार मुना सेख रहेका छन् ।

प्रकाशित मिति: बैशाख २९ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend