Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देशभर ६३७ पालिकाको नतिजा: कुन पार्टीले कति जिते ?

हाम्रो कोशी आवाज
जेष्ठ ६ २०७९, शुक्रबार
देशभर ६३७ पालिकाको नतिजा: कुन पार्टीले कति जिते ?

धरानः बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा देशभरका ७५३ स्थानीय निकायमध्ये शुक्रबारसम्म ६ सय ३७ वटा पालिकाको नतिजा आएको छ ।
यीबाहेक महानगर, उपमहानगर र विवादका कारण मतदान रोकिएका केही पालिकाको नतिजा आउन बाँकी छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै पालिका जितेर नेपाली कांग्रेस अग्र स्थानमा छ ।
कांग्रेसलाई नेकपा एमाले पछ्याएको छ । कांग्रेसले अहिलेसम्म नतिजा आएका पालिकामध्ये २८३ वटामा प्रमुख तथा अध्यक्ष जितेको छ ।
एमालेले १७८, माओवादीले १११, जसपाले २०, एकीकृत समाजवादीले १४, लोसपाले ७ वटा पालिकामा प्रमुख एवं अध्यक्ष जितेका छन् । आयोगका अनुसार अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

प्रकाशित मिति: जेष्ठ ६ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend