Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरियन भाषाको परीक्षा जेठ १९ गतेदेखि हुने

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७९, बिहिबार
कोरियन भाषाको परीक्षा जेठ १९ गतेदेखि हुने

धरानः कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आउँदो १९ गते हुने भएको छ ।
रोजगार अनुमति प्रणाली इपीएसअन्तर्गत कोरिया जानका लागि आवेदन दिएकाहरूको कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ गते तीन सिफ्टमा सञ्चालन हुने इपीएस कोरिया शाखाले जनाएको छ ।
शाखाले परीक्षा केन्द्र ललितपुरको भैसेपाटीमा रहेको सीबीटी भवन तोकेको छ । परीक्षा बिहान १० बजे, ११ बजेर ३० मिनेट र २ दिउँसोको २ बजे हुनेछ छ ।
परीक्षार्थीहरूको बायोमेट्रिक भेरिफिकेसन तथा अभिमुखीकरणको समय परीक्षा हुनुभन्दा अघिल्लो दिन बिहान ८ बजे, ९ बजेर ३० मिनेट र १२ बजे तोकिएको छ ।
सबै परीक्षार्थीको बायोमेट्रिक रजिस्टर भने ईपीएस कोरिया शाखा नजिकै रहेको म्युजिक सिटी हलमा हुने शाखाले जनाएको छ ।

 

प्रकाशित मिति: जेष्ठ १२ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend