Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब ६८ वर्षमै वृद्धभत्ता पाइने

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०७९, आइतबार
अब ६८ वर्षमै वृद्धभत्ता पाइने

धरानःआगामी साउनदेखि अब ६८ वर्षमै वृद्धभत्ता पाइने भएको हो ।
आगामी आर्थिक वर्ष २०७९-८० को बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् ।
यसअघि ७० वर्षमा पाइदै आएको वृद्धभत्ता अब ६८ वर्षमै पाइने भएको हो ।
एक खर्ब ३४ अर्बको बजेट सामाजिक सुरक्षाका क्षेत्रमा विनियोजन भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी वृद्धभत्ता पाउने उमेर घटाइएको जानकारी दिए । हाल विभिन्न ८ शीर्षकमा सरकारले वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ ।
हालको व्यवस्था अनुसार बृद्धभत्ता पाउनेहरुको संख्या ३४ लाख ५० हजार ८०९ जना पुगेको छ । यस्तो संख्या अघिल्लो वर्ष २८ लाख थिए ।
सरकारले समाजिक सुरक्षा भत्ता नलिने व्यक्तिलाई सम्मान गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि ६८ वर्षका व्यक्तिलाई बृद्धभत्ता दिने घोषणा गरेका अर्थमन्त्री जनार्दन शर्माले भत्ता नलिने स्वघोषणा गर्ने व्यक्तिलाई सम्मान गरिने घोषणा गरेका हुन् ।

प्रकाशित मिति: जेष्ठ १५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend