Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः आइतबार विदा दिइने निर्णय फिर्ता

हाम्रो कोशी आवाज
जेष्ठ २३ २०७९, सोमबार
अन्ततः आइतबार विदा दिइने निर्णय फिर्ता

धरान: सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार बिदा दिने निर्णय फिर्ता लिएको जनाइएको छ । जेठ १ गतेदेखि लागू हुनेगरी सरकारले परीक्षणको लागि भन्दै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो ।
तर एक महिना पनि कार्यान्वयन नहुँदै निर्णय फिर्ता भएको हो । वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको थियो । यसरी सरकारले बिदा दिने निर्णय गरेपछि धेरैले विरोध जनाउँदै आएका थिए । कतिपय स्थानीय तहले सूचना जारी गर्दै आइतबार पनि प्रशासन तथा विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेका थिए ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए । ’असार १ गतेबाट लागू हुने गरी आइतबारको बिदा हट्यो’, उनले भने ।
हप्तामा दुई दिन बिदा दिने निर्णय खारेजको माग गर्दै सोमबार मात्र सर्वोच्च अदालतमा रिट दायर भएको थियो । रिट निवेदनमाथि भोलिका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २३ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend