Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘राजनीतिमा आउँछु’ भन्दै रवि लामिछानेले छाडे ग्यालेक्सी टिभी

हाम्रो कोशी आवाज
असार २ २०७९, बिहिबार
‘राजनीतिमा आउँछु’ भन्दै रवि लामिछानेले छाडे ग्यालेक्सी टिभी

धरानः चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफू आबद्ध रहेकोे ग्यालेक्सी फोर के टेलिभिजन छोडेका छन् । राजनीतिमा प्रवेश गर्ने भन्दै उनले आजकै मितिबाट टेलिभिजनसँगको आबद्धता तोडेका हुन् ।
लामो समयसम्म सिधा कुरा जनतासँग कार्यक्रममार्फत जनताका समस्या सुन्दै आएका लामिछानेले अब जनताको समस्या समाधान गर्न चाहेको ग्यालेक्सीको कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा बताएका छन् ।
आजैबाट राजनीति प्रवेश गर्ने भनेका लामिछानेले हालसम्म कुन पार्टीमा आबद्ध हुने भन्नेबारे खुलिसकेको छैन । उनले नयाँ दल खोल्छन् वा स्वतन्त्र उम्मेदवारी दिन्छन् भन्ने खुलेको छैन। लामिछानेले काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट संघीय निर्वाचन लड्ने तयारी थालेका छन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहका नजिक रहेका उनले काठमाडौंबाटै चुनाव लड्ने तयारी गरे पनि गगन थापासँग क्षेत्र नम्बर ४ मा लड्ने वा अर्कै क्षेत्र रोज्ने भन्ने टुंगो लागिसकेको छैन ।
बालेन्द्रको टिमसँग नजिक रहेका लामिछानेलाई स्वतन्त्र उम्मदेवारकै रुपमा चुनावी मैदानमा जान निकटस्थहरुले सुझाव दिएको जनाइएको छ ।

प्रकाशित मिति: असार २ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend