धरानः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वतन्त्रबाट चुनाव जितेका बालेन्द्र शाह र हर्कराज राईलगायतलाई ल्याउने प्रयास जारी रहेको बताएका छन् ।
महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्ररूपमा जितेका बालेन्द्र शाह, हर्कराज राईलगायतलाई आफ्नो पार्टीमा ल्याउन कसरत गरिछाड्ने उनको भनाइ थियो । शुक्रबार रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा पत्रकाहरूसँग संवाद गर्दै भने, ‘बालेन शाहजी र हर्क साम्पाङजी जस्ता मान्छेहरूको साथ हामीलाई मात्र होइन, अन्य दललाई पनि आवश्यक छ । तर हामीले प्रयास गर्छाैं ।’
त्यसअघि उनले भनेका छन्, ‘हामीले पार्टी खोल्दा बालेन र हर्क निर्वाचित भइसक्नुभएको थियो । उहाँहरू निर्वाचित भइसकेपछि हामी स्वागत गर्न तयार छौँ । तर उहाँहरूसँग कुरा भएको छैन । उहाँहरूले काम गरिराख्नु भएको छ । यो राम्रो हो ।’
राष्ट्रिय स्वतन्त्र पार्टीमा आए पनि नआएपनि उनीहरूलाई सल्लाह र सुझाव आवश्यक भए आफूहरू २४ सै घण्टा तयार हुने रविले बताएका छन् ।