Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरियन भाषा परीक्षामा कृषितर्फ कोरियाको मागभन्दा कम परीक्षार्थी उत्तीर्ण

हाम्रो कोशी आवाज
असार १४ २०७९, मंगलबार
कोरियन भाषा परीक्षामा कृषितर्फ कोरियाको मागभन्दा कम परीक्षार्थी उत्तीर्ण

धरानः रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षामा कोरियाको मागभन्दा पनि कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।
कोरिया सरकारले कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ जना श्रमिकले लैजाने गरी माग पठाएको भए पनि भाषा परीक्षामा जम्मा १८ सय ९ जना मात्र उत्तीर्ण भएका हुन् । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार गएको जेठ १९ गतेदेखि असार ३ गतेसम्म भएको कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षा दिएका ६ हजार १०६ मध्ये जम्मा १८ सय ९ जना मात्र उत्तीर्ण भएका हुन् ।
कृषि तथा पशुपालन क्षेत्रमा पहिलो चरणको कोरियन भाषा परीक्षामा जम्मा ६ हजार ५ सय ९७ जनाले आवेदन दिएकोमा ६ हजार १०६ जनाले परीक्षा दिएका थिए ।
कोरिया सरकारले कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ जना श्रमिकले लैजाने गरी माग पठाएको थियो । तर कोरियाको मागभन्दा ९ सय ३२ जना कम परीक्षार्थी मात्रै भाषा परीक्षणमा उत्तीर्ण भएका छन् । सन् २०२२÷२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार २ सय १३ र कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ गरी ९ हजार ६ सय ५४ जना श्रमिक लैजाने भनेको छ ।
सीप परीक्षणको दोस्रो चरणको परीक्षा भने हुनै बाँकी छ । परीक्षामा उत्तीर्ण हुँदैमा कोरियाको रोजगारी निश्चित नहुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

प्रकाशित मिति: असार १४ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend