Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

थाहै नपाइ जान सक्छ ज्यान

हाम्रो कोशी आवाज
असार २७ २०७९, सोमबार
थाहै नपाइ जान सक्छ ज्यान

रक्तचाप भनेको मुटु खुम्चिदा र फैलिदा रक्त नलीको भित्तामा पर्ने दबाब हो । धेरैजसो, उच्च रक्तचाप भएका ९० प्रतिशतमा कुनैपनि निश्चित कारणहरु हुँदैनन् । उच्च रक्तचाप भएका १० प्रतिशतलाई अन्य रोगहरु, जस्तैः मृगौला सम्बन्धी रोग र मधुमेहको माध्यमले हुन्छ ।
उच्च रक्तचाप धुम्रपान, अधिक वजन तथा मोटोपन, शारीरिकरुपमा सक्रिय नभएको, अत्याधिक मात्रामा नुन खाने, अत्याधिक मात्रामा मदिरा सेवन गर्ने, बुढ्यौली आदि कारणले हुन सक्छ । अधिकांश रोगीहरुमा कुनै पनि लक्षणहरु हुँदैन । लक्षणहरु सामान्यतया नियमित चेकअप वा जटिलताहरु विकास हुने क्रमा पत्ता लगाइन्छ । अत्याधिक उच्च रक्तचापले गर्दा रिङटा लाग्ने, दृष्यमा गडबडी हुने, टाउको दुख्ने, नैराश्यता र थकान महसुस हुने जस्ता लक्षणहरु हुन सक्छ ।
पछिल्लो मुटुरोगी बढ्दो छन् । बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको संख्या बढिरहेको छ । १८ वर्षमाथिका सबै व्यक्ति मुटुरोगको जोखिममा रहेको बताउँदै मुटुरोगसम्बन्धी समस्या हुनेमध्ये ८० प्रतिशत विकासोन्मुख मुलुकका रहेको जानकारी दिए ।
जीवनशैली, खानपानले गर्दा मुटु रोगको समस्या बढेको बताउँदै चुरोट, सुर्ती, मदिरापान, चिल्लो खानेकुरा मुटु रोगका प्रमुख तत्व रहेको र यसबाहेक मानिसले व्यायाम नगर्ने, आफूलाई अल्छी बनाउनाले पनि मुटु रोगको जोखिम बढेको हो ।
यो रोगको रोकथाम जरैबाट गर्न साना नानीदेखि नै राम्रो खाना, खेलकुद, फलफूल खाने, चिल्लो नखाने, नुन कम, व्यायाम, सुर्तीजन्य पदार्थ पूरा बञ्चित गर्ने, रक्तचाप, मधुमेह, वजन, मानसिक तनाव नियन्त्रणमा राख्ने, ध्यान प्राणायाम गर्ने, संगीत सुन्ने, दिक्क भएर नबस्ने, लोभ नगर्ने, ईर्ष्या नगर्ने, सबैको भलो गर्ने बानी बसालेमा मुटु रोग सँगसँगै अरु पनि धेरै रोगले सताउन सक्दैन ।
मुटु बचाउन चुरोट र रक्सी–जाँडको सेवन पूर्णरुपमा बन्द गर्ने, कोलेष्टेरोल नियन्त्रण गर्ने, रक्तचापलाई नियन्त्रणमा राख्ने, मधुमेहको उचित उपचार, तौललाई नियन्त्रणमा राख्ने, स्वस्थ आहाराको सेवन (फलफूल, सागसब्जी बढी मात्रामा सेवन गर्ने, मानसिक तनाव र रिस कम गर्ने, दैनिक थोर समय भएपनि हिँडडुल गर्ने गर्नुपर्दछ ।
रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई चाहिँ मधुमेह अर्थात् चिनीरोग भएको भनिन्छ । सामान्यतया स्वस्थ मान्छेमा खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १०० भन्दा कम या कुनै पनि बेला अर्थात रेन्डम जाँच गर्दा १४० भन्दा कम हुनुपर्छ । मधुमेह रोग लाग्यो भन्नलाई खाली पेटको जाँच गर्दा सुगर लेभल १२६ भन्दा माथि र खाना खाएपछि २०० भन्दा माथि पुग्नु पर्छ । यो बीचको लेभल अर्थात खाली पेटमा १०० देखि १२५ सम्मको अवस्था र खाना पछिको १२६ देखि १९९ सम्मको अवस्थालाई प्रि डायबिटिजको अवस्था अर्थात मधुमेह हुने सम्भावना भएको अवस्था भनेर बुझ्नु पर्छ ।
मधुमेह रोग पहिल्यै लक्षण देखिएर लाग्न पनि सक्छ, लक्षण विना नै लाग्न पनि सक्छ । मधुमेहले महिला पुरुष भनेर भेदभाव गर्दैन । न धनी गरीब, न त जात धर्म बर्ण, न उमेर र लिंग सबैमा यो रोग देखिन्छ । यदी समयमै सतर्कता अपनाइएन भने । मधुमेह लाग्दा खाना रुचेर पनि तौल घटदै जाने, पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने, मुख सुख्खा हुने, प्यास धेरै लाग्ने, भोक बढी लाग्ने तर दुव्लाउदै जाने, कमजोरी हुने र खुट्टाहरु झम्झमाउने, खुट्टाहरु पोल्ने, पिसावमा कमिलाहरु देखिने, घाउहरु छिटो निको नहुने आदि हुन सक्छ ।
मधुमेह भएर नियन्त्रणमा राख्न सकिएन भने अन्धोपन साथै मिर्गौलामा असर गर्छ । मिर्गौलाबाट प्रोटिन लिक गराएर मिर्गौला फेल हुने सम्भावना पाँच गुनाले बढ्छ । मुटु हृदयघात, मस्तिस्कघात हुने सम्भावना दोव्वर हुन्छ । मोटोपन नियन्त्रण हुन नसक्ने, व्यायममा कमी, खानपानमा गडबढी आदि कारणले मधुमेह लाग्छ ।
सामान्य खानपान अपनाउनु नै राम्रो हो । तर त्यसमा बिचार पुरयाउनुपर्छ । क्यालोरी भएको चिज अर्थात भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो । व्यायम नियमीत हुनुपरयो । व्याडमिन्टन, खेल खेल्नुस , दिनमा आधा घण्टा हिड्नुस । अरु शारीरिक परिश्रम गर्नुहोस् ।
मृर्गौलाको रोग भन्नुपर्दा यो रोग लक्षण बिना पनि वा लक्षणको साथ प्रस्तुत हुन सक्छ । सबै उमेरका व्यक्तिलाई हुनसक्छ । बच्चादेखि बुढासम्मलाई यो रोग हुनसक्छ । यो रोगबाट बच्ने मुख्य उपाय भनेको कम्तिमा पनि एक वर्षमा मृगौला सम्बन्धी चेकजाँच गराउने । बच्चादेखि बुढासम्मलाई युरिन रोउटिन टेस्ट, सेरुम क्रेटिनिने टेस्ट र युएसजी गर्नुपरयो ।
मृगौला रोगबाट कसरी बच्न प्रशस्त पानी पिउने, नुनको कम प्रयोग, धुम्रपान र मदिरा त्याग्ने, मासुको बढी प्रयोग नगर्ने, चिया कफीको वढी सेवन नगर्ने आदि गर्नुपर्दछ । मधुमेह र उच्च रक्त्तचाप भएका बिरामीको लागि मृगौलाको रोग सबैभन्दा ठूलो शत्रु हो । मनलाई शान्त र आनन्द महसुस गराउन एकदम धेरै जरुरी छ ।

प्रकाशित मिति: असार २७ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend