Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पानीमा भिजे यस्ता छन् फाइदा

हाम्रो कोशी आवाज
साउन १० २०७९, मंगलबार
पानीमा भिजे यस्ता छन् फाइदा

पानीमा भिज्नुको रमाइलो बेग्लै हुन्छ । यसले आनन्द दिनेमात्र होइन अन्य धेरै फाइदा पनि गर्छ । पानीमा भिज्दा हर्मोनको सन्तुलन मात्र नभई छालाको समस्याबाट पनि राहत दिन्छ ।
गर्मीमा हुने समस्याबाट छुटकारा पाउने हो भने पनि एकपटक पानीमा भिज्नु पर्छ ।
वर्षाको पानी एकदमै हल्का र यसको पीएच क्षारीय हुन्छ । यस्तो पानी उपचारको लागि पनि प्रयोग गर्न सकिन्छ । यसले रक्तचाप, सुगरलाई सन्तुलन राख्छ, मुटुसम्बन्धी रोगबाट छुटकारा पाउँछ, छालाको समस्या हुँदैन । यदि वर्षाको पानीलाई माटोको भाँडोमा जम्मा गरेर राख्ने हो भने त्यो अमृत बराबर हुन्छ ।
यसले शरीर र दिमागलाई ताजा बनाउँछ । यसको सबैभन्दा ठूलो विशेषता माटोमा हुने मिनरल्स र ब्याक्टेरिया हुँदैन, जसका कारण यो स्वास्थ्य र सौन्दर्य दुवैका लागि फाइदाजनक हुन्छ । प्रकृतिले रोग दिन्छ भने उपचार पनि दिन्छ । गर्मीमा छाला र कपालमा धेरै किसिमका समस्या देखा पर्छन् ।
यी सबै पानीमा भिजेर उपचार गर्न सकिन्छ । गर्मीमा हुने सबै स्वास्थ्य समस्याको उपचार भनेको वर्षामा भिज्नु हो । वर्षाको पानीमा नुहाउँदा शरीरमा हर्मोनको सन्तुलन कायम रहने विश्वास गरिन्छ । यसबाहेक कसैलाई कानसँग सम्बन्धित समस्या छ भने वर्षाको पानीले नुहाउँदा कान दुख्नेलगायत अन्य संक्रमण पनि हट्छ ।
शरिर, छाला र अनुहार सफा गर्नुका साथै वर्षाको पानीले अनुहारमा जम्मा भएका हानिकारक ब्याक्टेरियालाई निकाल्छ । वर्षाको पानीमा क्षारीय गुण हुने भएकाले यसले अनुहार सुन्निने र दुखाइलाई पनि कम गर्छ । बालबालिकालाई गर्मीमा छालामा चिसो र तातोको प्रभावका कारण घमौरा आउँछ । बर्षाको पानीले बच्चालाई घमौराबाट पनि बचाउँछ ।
कपालको धुलो र फोहोरलाई पूर्णतया सफा गर्न वर्षाको पानी निकै फाइदाजनक हुन्छ । यसको क्षारीय पिएचका कारण, यसले कपालको फोहोर हटाउन मद्दत गर्दछ । यसबाहेक वर्षाको पानीमा माटोमा घुलनशील मिनरल्सको कमी हुने भएकाले यो कपाल सफा गर्न पनि उपयोगी हुन्छ ।

प्रकाशित मिति: साउन १० २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend