Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मिस टीन ग्रीनको ताज सिम्फोनीलाई

हाम्रो कोशी आवाज
भाद्र २९ २०७९, बुधबार
मिस टीन ग्रीनको ताज सिम्फोनीलाई

धरानः सिम्फोनी सिवाकोटीले मिस टीन ग्रीन २०२२ र आस्था कलौनीले मिस टीन प्रिन्सेस् २०२२ को ताज हात जितेका छन् । अनुजा मिडियाद्वारा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिवाकोटी मिस टीन ग्रीन २०२२ र कलौनी मिस टीन प्रिन्सेस् २०२२ को ताज हात हात पार्न सफल भएका हुन् ।
साथै मिस टिन स्टारको ताज रास्ता महर्जन र मिस ब्यूटी विथ पर्पोस स्यारोन बज्राचार्यले जितेकी छन् । कार्यक्रममा मिस पब्लिक चोइसको ताज प्रमिला छेत्रीले जितिन भने मिस राइजिङ स्टारको ताज मलिका श्रेष्ठ जित्न सफल भइन् ।
कार्यक्रममा प्रमुख निर्णायकको रुपमा शिक्षाविद् तथा समाजसेवी रमेशकुमार सिलवाल तथा अन्य निर्णायकहरुमा समाजसेवी कमलकेशरी तुलाधर, व्यवसायी जिज्ञासा अर्याल, व्यूटिसियन रुश्का श्रेष्ठ, होटल व्यवसायी विष्णुबहादुर कार्की र मोडेल निशा राईको सहभागिता रहेको थियो ।
ब्रीज इन्टरनेशनल एडुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् डा. राजेन्द्र केसीले यस्ता कार्यक्रमहरुले किशोरीहरुको प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।
अनुजा मिडियाले विगत ३ वर्षदेखि किशोरीहरुको प्रतिभा प्रस्फुटन तथा व्यक्तित्व विकासको लागि काम गरिरहेको संस्थापक अनुजा अचार्यले बताइन् ।
प्रतियोगिताको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरेकी थिइन भने कार्यक्रमको संचालन रोजिन शाक्यले गरेका थिए ।

प्रकाशित मिति: भाद्र २९ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend