Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज कुकुर तिहार

हाम्रो कोशी आवाज
कार्तिक ७ २०७९, सोमबार
आज कुकुर तिहार

धरानः कार्तिक कृष्ण चतुर्दशी अर्थात् कुकुरतिहार। सोमबार कुकुरको पूजा गर्ने दिन। यो दिन कुकरको पूजा गरी खानेकुरा ख्वाउने परम्परा छ।
कुकुरलाई यमराजको दूत मानिएको छ। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरपूजा गर्दा यमलोक जाँदा यमराजको द्वारपालका रूपमा रहेका ‘श्याम’ र ‘सबल नामका दुई कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ।
मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान रहेको धर्मशास्त्री डा. रामचन्द्र गौतम बताउँछन्।
मालिकप्रति सधैँ बफादार रहने, खतरा आइपरे संकेत गराउने, शत्रुबाट जोगाउनेजस्ता गुण कुकुरमा छन्। सुँघ्नसक्ने उच्च क्षमताका कारण सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुर प्रयोग गर्छ। अपराधी पहिचान गर्नदेखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि पनि कुकुरकै प्रयोग हुँदै आएको छ। बहुगुणी भएका कारण कुकुरको पूजा गरिएको धर्मशास्त्री गौतमको भनाइ छ।

प्रकाशित मिति: कार्तिक ७ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend