Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

निर्वाचनको तयारी लगभग पूरा

हाम्रो कोशी आवाज
कार्तिक २९ २०७९, मंगलबार
निर्वाचनको तयारी लगभग पूरा

धरानः निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिदेखि निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ ।
निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार मतदान हुनुभन्दा ४८ घण्टाअघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाइने भन्दै उमेदवार र कार्यकर्तालाई यसबारेमा पुनः सचेत गराइएको हो ।
मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले मतदानअघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाइने बताए । उनले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको तर योपटक मौन अवधि नरहेकाले र सो समयलाई ‘स्थिर समय’का रूपमा प्रयोग गर्नुपर्ने उल्लेख गरे ।
उनले आउँदो मंसिर १ गते राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसारसम्बन्धी सम्पूर्ण कामहरू निषेध हुने जानकारी दिए । सो अवधिमा निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गरिने चेतावनी उनले दिए ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन मंसिर ४ गते एकै चरणमा हुँदैछ । निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २९ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend