Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ अध्ययनः श्रीमान श्रीमती सँग नबस्दा पनि मधुमेह, रक्तचाप

हाम्रो कोशी आवाज
माघ २७ २०७९, शुक्रबार
नयाँ अध्ययनः श्रीमान श्रीमती सँग नबस्दा पनि मधुमेह, रक्तचाप

धरानः उमेर बढ्दै जाँदा सुगर (मधुमेह)- ब्लडप्रेसर (रक्तचाप) जस्ता रोगले घेर्न थाल्छ, तर सँगै बस्ने दम्पतीमा मधुमेहको स्तर कम हुने नयाँ अनुसन्धानले देखाएको छ। चिनीको अत्यधिक सेवनले पनि उनीहरूलाई फरक पार्दैन।
ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित प्रतिवेदनमा भनिएको छ– श्रीमान्–श्रीमतीबीचको सम्बन्ध राम्रो होस् वा नराम्रो होस् भन्ने फरक पर्दैन, उनीहरूसँग बस्दा रगतमा चिनीको मात्रा कम हुने सम्भावना बढी हुन्छ।
सम्बन्धविच्छेद वा अन्य कारणले छुट्टिएपछि रगतमा चिनीको मात्रा बढ्ने उच्च जोखिम हुने उक्त अध्ययनले देखाएको छ। कहिलेकाहीं मधुमेह टाइप-२ एक्लै बस्नेहरूमा विकसित हुन्छ। यस अनुसन्धानका अन्वेषक कार्लटन युनिभर्सिटी, ओटावाकी क्याथरिन फोर्ड भन्छिन्, ‘इंग्ल्याण्डका ५० देखि ८९ वर्ष उमेर समूहका तीन हजार ३३५ व्यक्तिमा गरिएको अनुसन्धानले सँगै बस्दा मधुमेहमा सकारात्मक भिन्नता देखिएको तर यसको स्पष्ट कारण भने थाहा हुन सकेको छैन।’
अध्ययनले देखाएको छ,सँगै बस्दा मधुमेह मात्र कम हुँदैन, रक्तचाप पनि नियन्त्रणमा रहन्छ। एक्लै बस्ने मानिसमा मधुमेह र रक्तचाप दुवैको उच्चस्तर हुन्छ। सँगै बस्ने जोडीलाई हृदयाघात हुने सम्भावना पनि कम हुन्छ। अनुसन्धानले यो पनि देखाएको छ,विवाहित पुरुषको औसत उमेर एक्लै बस्ने पुरुषको तुलनामा करिब १० वर्ष बढी हुन्छ।
युनिभर्सिटी अफ इस्ट एङ्गलियाका अनुसन्धानकर्ता क्रिस एम विल्सनले आफ्नो अनुसन्धानमा ‘विवाहले शारीरिक र मनोवैज्ञानिक स्वास्थ्यलाई कसरी असर गर्छ’ भन्ने कुरामा भनेका छन्, ‘विवाहले महिलाभन्दा पुरुषलाई मनोवैज्ञानिक स्तरमा बढी फाइदा गर्छ। यसले पुरुषको मानसिक स्वास्थ्यमा सुधार गर्छ।
अमेरिकाको एसेर सेन्टर फर द स्टडी एण्ड ट्रिटमेन्ट अफ डिप्रेसिभ डिसअर्डरका डा. शिहान डी. फिसर भन्छन्, ‘सँगै बस्ने दम्पतीमा डिप्रेसनमा जाने चिन्ता एक्लै हुनेको भन्दा कम हुन्छ।’
अन्य धेरै अनुसन्धानले पनि देखाएको छ कि यदि पति र पत्नीको आपसी सम्बन्ध राम्रो छ भने, प्रतिरक्षा प्रणाली पनि राम्रो हुन्छ। तिनीहरूको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र तिनीहरू एक्लै बस्ने मानिसहरूको तुलनामा कम पटक बिरामी हुन्छन्। -एजेन्सी

प्रकाशित मिति: माघ २७ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend