Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पल शाहले पाए सफाइ, रिहाको तयारी

हाम्रो कोशी आवाज
फाल्गुन १४ २०७९, आइतबार
पल शाहले पाए सफाइ, रिहाको तयारी

धरानः उच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका पल शाहलाई सफाइ दिएको छ ।
नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन दिइएको थियो । जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले दिएको पुनरावेदनमा उनले सफाइ पाएका हुन् । आइतबार भएको बहसपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको हो।
सफाइ पाएसँगै शाहलाई रिहा गरिनेछ । भोलि जिल्ला कारागार तनहुँबाट रिहा हुने उनका कानुन व्यवसायीहरुले जनाएका छन् ।
नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनलाई यसअघि नै सफाइ दिएको थियो । उक्त इजलासले उनलाई बाल यौन दुरुपयोग मा कैद्य सजाय तोकेको थियो । सो फैसलाविरुद्ध पलले पुनरावेदन गरेका हुन् ।
उच्च अदालतका कायममुकायम मुख्य न्याायधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा आइतबार बहस भएको थियो। नाबालिगका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका उपन्याायधिवक्ता रामप्रसाद अधिकारीले बहस गरेका थिए भने अभियुक्तका तर्फबाट बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ता माधव घिमिरे, गणेशप्रसाद अधिकारी र जनकराज ढुङ्गानाले बहस गरेका थिए।

प्रकाशित मिति: फाल्गुन १४ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend