सप्तरी अखिल नेपाल किसान महासंघ सप्तरीको अध्यक्षमा रामप्रसाद चौधरी निर्वाचित भएका छन् ।
राजविराजमा सम्पन्न महासंघको आठौ जिल्ला अधिवेशनले चौधरीको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा माया गिरी, सचिवमा देबनारायण यादव, सहसचिवमा प्रभुसेवक यादव र कोषाध्यक्ष दिनेश यादव निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरूमा सप्तकोशी नगरपालिकाका भगवती चौधरी, रामलाल चौधरी, इन्द्रबहादुर कार्की, कञ्चनरुप नगरपालिकाका हरीहर चौधरी, जाहिर हुसेन, शिवचरण मुखिया, विजय चौधरी, डाक्नेश्वरी नगरपालिकाका नारायण महतो, रेखा चौधरी साह, सुरुङ्गा नगरपालिकाका दिनेशबहादुर बुढाथोकी, शिवकुमार चौधरी निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरूमा बोदे बर्साइन नगरपालिकाका मोहित नारायण यादव, अर्जुन कुमार साह, खडक नगरपालिकाका बबिताकुमारी मण्डल, सुनिताकुमार चौधरी, हरीहर सदा, शम्भुनाथ नगरपालिकाका पुलकित चौधरी, कामेश्वर चौधरी र सुनिताकुमारी चौधरी पनि रहेका छन् ।
यस्तै छिन्नमस्ता गाउँपालिकाका सफिद रहमान मन्सुरी, योगेन्द्रप्रसाद शर्मा, राजगढ गाउँपालिकाका विन्देश्वर यादव, अशोक यादव, अग्नीसाइर कृष्ण सवरण गाउँपालिकाका सुकदेव महतो, होमकुमारी घिमिरे, बलान बिहुल गाउँपालिकाका राजकुमार यादव, सुनिता देबी दास, बिष्णुपुर गाउँपालिकाका शिवनारायण यादव तथा तिरहुत गाउँपालिकाका भोलाकुमार मसैता सदस्यमा निर्वाचित भएका छन् ।
कार्यसमिति चयन अघि अधिवेशनको उद्घाटन गर्दैै नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलले किसानको विकास र समृद्धिले मात्र देश बिकास सम्भव हुने बताए ।
किसानलाई केन्द्रविन्दुमा राखेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्टिय आकांक्षा सफल बनाउन विगतको एमाले सरकारले अभियान नै चलाएको बताउँदै प्याकुरेलले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने अभियानमा एकजुट भई योगदान गर्न आग्रह गरे लामो समयदेखिको सङ्क्रमणकालबाट मुलुक सुशासन र विकासको दिशामा अग्रसर रहेको बेला गठबन्धनकारी दलका कारण देशको गरिमा घटने, आर्थिक विनास हुने र अस्थिर राजनीति कायम रहने दिशामा मुलुक पुनः अगाडि बढेको बताएका छन् ।
महासंघका उपाध्यक्ष एवम् मधेस प्रदेश इन्चार्ज रामअवतार यादवले भूमिहिन किसानको समस्या समाधान गर्न गठन गरिएको भुमि समस्या समाधान आयोग एमाले सरकार हटनासाथ खारेज गरेर देश पछि धकेलेको आरोप लगाएका छन् । उनले कृषिको सहकारीकरण गरेर किसानको उत्पादन र बजारीकरणलाई ब्यबस्थित गर्नुपर्ने आजको आबश्यकता रहेको बताए । यादवले किसानलाई स्मार्ट कार्ड वितरण गर्नुपर्ने, किसानले उत्पादन गरेको वस्तुको न्यूनतम समर्थन मुल्य सरकारले तोक्नुपर्ने धारणा राखेँ ।
एमाले प्रदेश कमिटी सदस्य जयप्रकाश ठाकुर, जिल्ला अध्यक्ष ताराकान्त चौधरी, उपाध्यक्ष अब्दुल मजिद साकिर, महासंघका केन्द्रीय सदस्य रामकुमार साहलगायतकाले कृषिमा आत्मनिर्भरता, व्यावसायिक कृषि र कृषिमा आधुनिकिकरणमा जोड दिएँ ।
अखिल नेपाल किसान महासंघ सप्तरीका अध्यक्ष राजाराम यादवको अध्यक्षतामा भएको अधिवेशनमा महासंघका केन्द्रीय सदस्यहरू कालिचन्द चौधरी, राधा पासवान, समु खातुन, गोबिन्दबहादुर खत्री, निर्मला चौधरीको उपस्थिती रहेको थियो ।
अधिवेशनको उद्घाटन समारोहमा केन्द्रीय सदस्य निरन्जन चौधरीले स्वागत मन्तव्य राखेका थिए । अधिवेशनमा विभिन्न पालिकाबाट छनौट भइ आएका दुई सय जना प्रतिनिधिको सहभागिता रहेको थियो ।