Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विवाहमा एक साता विदा प्रस्ताव

हाम्रो कोशी आवाज
चैत्र २३ २०७९, बिहिबार
विवाहमा एक साता विदा प्रस्ताव

धरानः सरकारले संघीय निजामती सेवा ऐनको अन्तिम मस्यौदा तयार गरेको छ । मस्यौदामा निजामती कर्मचारीहरूलाई साविकको भन्दा बढी सुविधा थपिएको छ । तर उनीहरूबाट सम्पादन हुने कामकारबाही र सेवाप्रवाहबारे भने स्पष्ट व्याख्या गरिएको छैन ।
उक्त मस्यौदा कर्मचारीले नै तयार पारेका हुन् । आफैँले तयार गरेको मस्यौदामा कर्मचारीहरूले सुविधा, हक र अधिकारलाई बढी प्राथमिकतामा राखेका छन् ।
केही दिनअघि संघीय मामिलामन्त्री अमनलाल मोदीले पत्रकार सम्मेलन गरेका थिए । संघीय निजामती सेवा ऐनको प्रारम्भिक मस्यौदामा कर्मचारीहरूको हक, हित र अधिकारबारे अहिलेको कानुनमा भन्दा अझै केही बुँदा थप गरिएको तर सेवा प्रवाह, काम र कर्तव्यसम्बन्धी प्रावधानमा खासै स्पष्ट नपारिएको विषयमा प्रश्न उठाइएको थियो ।
तर अन्तिम मस्यौदा बनाइसक्दा पनि सेवा प्रवाहको विषय स्पष्ट रूपमा उल्लेख छैन । मस्यौदा परिमार्जन नभई पारित भए अब कर्मचारीहरूले थप विदा पाउनेछन् । यहाँसम्म कि विवाह बिदासम्मको व्यवस्था पनि मस्यौदामा गरिएको छ । मन्त्रालय स्रोतका अनुसार विधेयक पारित भइ ऐन बनेपछि नियमावली ल्याउने तयारी छ ।
नियमावलीमा विवाह सम्बन्धि थप व्यवस्था गरिने छ । एक साता विवाह विदा दिने व्यवस्था नियमावलीमा राख्ने तयारी भइरहेको मन्त्रालयका एक उच्च कर्मचारीले बताए

प्रकाशित मिति: चैत्र २३ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend