Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना सङ्क्रमण भएमा तत्काल आइसोलेनमा बस्न स्वास्थ्य मन्त्रालयको सुझाव

हाम्रो कोशी आवाज
बैशाख ६ २०८०, बुधबार
कोरोना सङ्क्रमण भएमा तत्काल आइसोलेनमा बस्न स्वास्थ्य मन्त्रालयको सुझाव

धरान: पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण दर बढ्न थालेपछि सरकारले यसको रोकथाम तथा संक्रमण न्यूनीकरणका लागि सतर्कता अपनाउन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ सङ्क्रमण भएमा तत्काल आइसोलेसनमा बस्न आग्रह गरेको छ ।
सङ्क्रमणपछि आइसोलेसनमा ५ दिनभन्दा बढी बस्दा कुनै पनि लक्षण नदेखिए, विगत २४ घण्टाभित्र ज्वरोको औषधि नखाई ज्वरो कम भएमा त्यस्तो व्यक्ति सामान्य दैनिकीमा फर्कन मिल्ने मन्त्रालयको भनाइ छ ।
ज्वरो आउन कम नभएमा र सास फेर्न कठिनाई भएमा ७ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने मन्त्रालयको भनाइ छ ।
यस्तै, ७ दिनसम्म आइसोलेसनमा बसेका बिरामीलाई बाहिर आउनु अघि चिकित्सकसँग परामर्श गर्न पनि मन्त्रालयले सुझाव दिएको छ ।
आइसोलेसनपछि के गर्ने, के नगर्ने :

मन्त्रालयले आइसोलेसनमा बसेपछि के गर्ने र के नगर्ने भन्नेबारे पनि सुझाव दिएको छ । मन्त्रालयका अनुसार–

आठ दिनसम्म अन्य मानिसहरूको सम्पर्कमा नजानु हुँदैन ।

नाक, मुख, र चिउँडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्नुपर्छ ।

बेलाबेला साबुनपानीले हात धुने वा स्यानिटाइजरले हात सफा गर्नुपर्छ

मिलेसम्म छुट्टै शौचालय र प्रशस्त हावा आउने छुट्टै कोठामा बस्नुपर्छ ।

कोभिड १९ को लक्षण देखिएका वा लक्षण नभई कोभिड पोजेटिभ भएमा रिपोर्ट आएको दिनलाई पहिलो दिन मान्ने, भोलिपल्ट देखि २, ३ गर्दै क्रमशः दिन गन्नुपर्छ ।

प्रकाशित मिति: बैशाख ६ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend