Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तनहुँमा रविको पार्टीका डा. स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

हाम्रो कोशी आवाज
बैशाख ११ २०८०, सोमबार
तनहुँमा रविको पार्टीका डा. स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

धरानः तनहुँ १ को उपनिर्वाचनअन्तर्गत मतगणना जारी छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अर्थविद् डा. स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन्। अहिलेसम्म १३ हजार ६५ मत गणना सकिँदा वाग्लेले ७ हजार २ सय ९३ मत ल्याएका छन्।
उनलाई पछ्याइरहेका कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २ सय ३४ मत ल्याएका छन् भने एमालेका सर्वेन्द्र खनालले २ हजार १ सय ३४ मत मात्रै ल्याएका छन्।
गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएको गणनामा वाग्लेले अग्रता बढाइरहेका छन्। तनहुँ १ अन्तर्गत ४२ वडामा ६३ हजार ७ सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना जारी छ।

प्रकाशित मिति: बैशाख ११ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend