Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब मात्रै बुझियो हामी ठूला दलप्रति जनता वाक्क भइसकेका रहेछन्ः देउवा

हाम्रो कोशी आवाज
बैशाख ११ २०८०, सोमबार
अब मात्रै बुझियो हामी ठूला दलप्रति जनता वाक्क भइसकेका रहेछन्ः देउवा

धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनता वाक्क भइसकेको आफूले पनि पाएको बताएका छन् ।
सोमबार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता औंल्याएको बताएको पार्टीका सांसद रामहरि खतिवडाले बताएका हुन् । उनले पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरुसँग चासो राखेको बताए ।
बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गरेका बिपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए । सांसदहरुले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने? पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका सांसद खतिवडाले बताए ।
आइतबार सम्पन्न भएको चितवन, तनहुँ र बारामा भएको उपनिर्वाचनमा ठूला पार्टीहरूले अपेक्षा गरेअनुसार मत नपाएको देखिन्छ। तनहुँ १ मा यो समाचार तयार पारुन्जेलसम्मको प्राप्त नतिजाअनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन्। चितवनको मतगणना सुरु भइसकेको छैन भने बारामा मतगणना सुरु भए पनि पछिल्लो मत परिणाम सार्वजनिक भइसकेको छैन।

प्रकाशित मिति: बैशाख ११ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend