Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चर्चामा रहेको चितवनको ताजा मत परिणामः रविले पहिला हारेको ठाउँमा फेरि हार

हाम्रो कोशी आवाज
बैशाख ११ २०८०, सोमबार
चर्चामा रहेको चितवनको ताजा मत परिणामः रविले पहिला हारेको ठाउँमा फेरि हार

धरानः चितवन–२ मा भएको उपनिर्वाचनको मत परिणाम आउन थालेको छ ।
इच्छाकामना गाउँपालिकाको मतगणनामा एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले रास्वपाका रवि लामिछानेमाथि झिनो अग्रता कायम गरेका छन् ।
प्राप्त परिणाम अनुसार न्योपानेले ३६७ मत ल्याउँदा अग्रता बनाएका हुन् । दोस्रो स्थानमा रास्वपाका लामिछानेको ३१९ मत छ । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ भोट ल्याएर तेस्रो स्थानमा छन् ।
इच्छाकामना वडा नम्बर १ को हात्तीवाङ र भाराङ बुथको ९७१ गणना गर्दाको यो परिणाम हो । यसअघिको संसदीय निर्वाचनमा इच्छाकामना गाउँपालिकामा एमालेले सबैभन्दा बढी भोट ल्याएको थियो ।

प्रकाशित मिति: बैशाख ११ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend